काठमाडौं । नेपाली स्टार युवा क्रिकेटर सन्दिप लामिछाने लगातार चर्चामा रहेका छन् । उनी ईन्डियन प्रिमियर लिग (आईपिएल) मा गत वर्ष दिल्ली डेयर डेभिल्सबाट खेलेपछि विश्व चर्चित बनेका थिए । नेपाली लेग स्पिनर लामिछानेले त्यस लगत्तै वेस्ट इन्डिजमा क्यारिबियन टि–२० प्रिमियर लिग (सीपीएल) मा सहभागी जनाएका थिए ।

पहिलोपटक क्यारेबियन लिगमा सहभागीता जनाउदै उत्कृष्ट प्रदर्शन गरेबाफत सन्दिप लामिछाने सीपीएल ओस्कारमा ‘ब्रेक थ्रु स्टार’ घोषित भएका छन् । क्रिस गेलको कप्तानिमा रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स बाट सिपिएल खेलेका सन्दिपले प्रतियोगितामा ५ वटा म्याच मात्र खेले, जसमा १५.१४ को औसतमा ७ विकेट लिन सफल भए ।

उनको इकोनोमी ६.२३ थियो, सोमबार घोषणा भएको सीपीएल ओस्कारमा सन्दिपलाई उदियमान खेलाडीको रुपमा ‘ब्रेक थु्र स्टार’ चयन गरिएको हो । तपाईलाई जानकारी गराउँ सन्दिप लामिछाने हाल पाकिस्तान सुपर लिग खेल्न युएईमा छ्न ।

सम्बन्धित खबरहरु