काठमाडौ । मौसममा आएको खराबीका कारण ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रबिन्दै अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ ।

मौसम खराबीका कारण हिँजो सबै शव दुर्घटना स्थलबाट निकाल्न नसकिएकाले आज बिहान सुकेटार विमानस्थल ल्याएर त्यहाँबाट सेनाको हेलिकोप्टर मार्फत काठमाडौ ल्याइएको हो । दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याइएको छ । ’

शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिएको छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ ।

श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ । मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने स्रोतले जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित ७ जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित खबरहरु