काठमाडौं । आज सम्पुर्ण देश शोकमा डुबेको छ । कसैका ओबाएका आँखा सायदै छैनन् होला । पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको परिवारमा मात्र दुःखद बज्रपात परेर देशकै खम्बाहरु ढलेका छन् । यही दुखद क्षणमा विभिन्न व्यक्तिहरुले घर परिवारलाई भेटेर सम्झाई रहेका छन् ।

तर ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले आफुलाई सम्हाल्न सक्नुभएको छैन । विछिप्त अवस्थामा टुँडिखेल पुग्नु भएको छ । आज बिहान देखि टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीपत्नी अधिकारीको अन्तिम विदाईमा टुँडिखेल पुग्नु भएको हो ।

उहाँसँगैं प्रधानमन्त्री, नेता, कार्यकर्ता, सर्वसाधारणको ठुलो भिड जम्मा भएको छ । मन्त्री अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको हो । मन्त्री अधिकारीको पार्थिव शरिरमा पुष्प चढाउन मन्त्री पत्नीलाई निक्कै सकस परेको थियो । उनले आफुलाई सम्हाल्न नसकेको प्रस्ट देखिन्थ्यो ।

 

सम्बन्धित खबरहरु