काठमाडौ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो । मुलुक अझै शोकमा डुबेको छ । तर यहीबीच गम्भीर प्रश्न जन्मिएको छ । मुलुकका ७ जना हस्ति गुमाएको पिडामा पुरै देश छटपटाई रहेका बेला यस्तो गम्भीर प्रश्न र शंका उब्जिएको हो ।

फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना हुनु केही मिनेट अगाडी हेलिकोप्टरका पाइलट (क्याप्टेन) प्रभाकर केसीले मौसम अत्यन्तै खराब छ म अहिले नै उडान भर्न सक्दिन भनेका थिए । उक्त आवाज कन्ट्रोल रुममा रेकर्ड छ । त्यसपछि कुनै सम्पर्क, संकेत वा आवाज टावरमा पुगेको छैन ।

एकैचोटी टेलिफोन मार्फत हेलिकप्टर सम्पर्क टुट्यो भनिएको छ । यति मात्र कुराले यो गम्भीर विषयमा प्रश्न उब्जिएको छैन । पाथिभरा मन्दिरका मुख्या पुजारी डिल्ली आचार्यले मिडियामा रेकर्ड गराएको आवाजलेपनि गम्भीर प्श्न उठाएको छ । उहाँले मौसम अति खराव थियो । पानी र हिउँ परिरहेको थियो । मन्दिरमा पुजाआजा सकेपछि मन्त्रीसहितको टोली हतार–हतार हेलिकोप्टर भित्र पुगिहाल्यो ।

त्यही बीचमा पाईलटले अहिले उडान भर्न सकिन्न भन्नुभयो । अनि मसँग एकदमै नजिक रहनुभएका प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहालले गुरुले मिठो चिया पकाउनुहुन्छ बनाउनुहोस् भन्नुभयो । मन्त्री ज्यूलेपनि थप्नुभयो । अनि मेरो भान्छामै बसेर चिया खाने प्रस्ताव राखे । तर मन्त्री ज्यूले गाह्रो भा छ यतै ल्याउनुस् भन्नुभयो । एकैछिनपछि अलिअलि मौसम खुले जस्तो देख्नुभयो । पुजारीले भन्नुभएको छ ।

प्रधानमन्त्रीका सल्लाहकार ज्यू यहाँ आइरख्नुभएको उहाँलाई बाटो थाहा थियो । कता–कता मौसम खुल्ला छ भन्ने छलफल हुँदा उहाँले त्यो बाटो मलाई थाहा छ भन्नुभयो । पाक्न लागेको चिया नखाई जान आँटेजस्तो गर्नुभयो । हतार गरेर चिया हेलिकोप्टरमा नै ल्याईदिए । मेरै हातले दिएको चिया हेलिकोप्टरभित्रै खाएर उड्नुभएको त्यो १ मिनेटपनि वित्न पाएन । उहाँको यो आवाज विभिन्न मिडियामा रेकर्ड भएको छ ।

यसले के देखाउँछ भने प्राविधिक रुपमा मौसम हेर्नु भन्दापनि नजरअन्दाज गरेर, नयाँ बाटो आफुलाई थाहा छ भनेर पाईलटलाई दवावमा उडान भर्न लगाइएको त छैन भन्ने प्रश्न उब्जिएको छ । शंका गरिहाल्न नसकिने भएपनि प्रश्नभने हरेक जनमा उब्जिएको छ । सत्यतथ्य छानविन गरेर हरेकको मनमा उब्जिएको यो प्रश्नको जवाफ सम्बन्धित निकायले दिनै पर्छ ।

को हुन् पाइलट केसी
दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलट (क्याप्टेन) प्रभाकर केसीले उडाइरहेका थिए। पाइलट केसी काठमाडौं ताहचल निवासी हुन्। उनी ५ वर्ष अगाडि मात्रै एभिएयसन क्षेत्रमा प्रवेश गरेका थिए। उनले साढे ३ वर्ष अगाडि देखि हेलिकोप्टर उडान गर्दै आएका थिए। उनका परिवारमा बुबा प्रह्लाद केसी, आमा र एक दाजु दिवाकर कुमार केसीसमेत छन्। दाजु दिवाकर भने दुबईमा रहेको एयर डाइनेस्टिक कम्पनीका एक प्रतिनिधिले जानकारी दिए। उनी युवा भएपनि अनुभवी पाइलट भएको सिम्रिक एयरलायन्समा बजार व्यवस्थापक प्रज्जल थापा बताउँछन्।

मिडियामा आएको पाथिभरा मन्दिरका मुख्य पुजारीको भनाई यस्तो छ ।

ताप्लेजुङ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको एमआई एयरबस हेलिकोप्टर बुधबार दिउँसो १२ बजेर ५५ मिनेटमा ताप्लेजुङको पाथिभरा मन्दिर नजिकै अवतरण गर्‍यो । तेह्रथुमको आठराई चुहानडाँडास्थित एयरपोर्ट निर्माणस्थलको अवलकोनपछि मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि त्यहाँबाट ताप्लेजुङ पुगेको थियो । मन्त्रीसहितको सरकारी टोली हेलिकोप्टरबाट झर्दा पाथीभर मन्दिर क्षेत्रमा बाक्लो हिमपात भइरहेको थियो ।

हिउँ पर्दा पर्दै मन्त्री अधिकारीसहितले पाथिभरा मन्दिरको दर्शन र पूजा पनि गरे । पाथिभरा मन्दिरका मुख्य पुजारी डिल्ली आचार्यका अनुसार मन्त्री अधिकारीले दर्शन गरिसकेपछि हिउँ पर्ने क्रम झनै बढेको थियो । त्यसपछि मन्त्री अधिकारी र हेलिकोप्टरका पाइलटसहित सबैजना पुजारीकै निवासमा आगो तापेर बसे । ‘हिउँ धेरै परेकाले मन्त्रीज्यूसहितलाई मैले नै आगो तापेर बसौँ भनँे,’ पूजारी आचार्यले भने, ‘मन्त्रीज्यू आउने खबर प्रहरीबाट थाहा पाएकाले पूजा सामाग्रीसहित तयारी गरिसकेको थिएँ, हिउँ परेकाले आगो पनि बालेको थिएँ ।’

पूजा सकेपछि हिउँ झनै बाक्लो पर्न थालेपछि मन्त्री अधिकारीले नै पूजारीको निवासमै गएर आगो तापौँ भनेका थिए । ‘हिउँ बाक्लो पर्न थालेपछि मन्त्रीज्यूले मेरै निवासमा गएर आगो तापौँ भन्नुभयो’, पुजारी आचार्यले अन्नपूर्णसँग भने, ‘त्यसपछि उहाँले मलाई चिया पकाउन भन्नुभयो ।’

हिउँ बाक्लै पर्ने क्रम जारी रहेपछि मन्त्री अधिकारीले पूजारी आचार्यलाई भनेका थिए, ‘तपाईँले मिठो चिया पकाउनुहुन्छ, लौ त आगो ताप्दै चिया पनि पिऊँ ।’ तर त्यहीबीचमा हिउँ पर्दा पर्दै मौसम खुले जस्तो भयो । ‘मौसम एकछिन खुले जस्तो भएपछि प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहालले अब जानुपर्छ भन्नुभयो’, पूजारी आचार्यले भने, ‘त्यसपछि सबैजना उम्लिँदै गरेको चिया नखाइ हेलिकोप्टरमा जानुभयो ।’
मन्त्री अधिकारीसँगै रहेका एकजनाले फुङ्लिङ बजारमा फोन गरेर मौसमको अवस्था सोधेका थिए । फुङ्लिङबाट पाथिभरा देखिने भएकाले उनले मौसम खुले नखुलेको सोधेका थिए । फुङ्लिङबाट फोनमा बोल्नेले, ‘कुहिरो बाक्लो छैन, मौसम खुल्दैछ’ भन्ने जवाफ दिएका थिए । पुजारी आचार्यले मन्त्री अधिकारीसहित सबै सबैजलाई हेलिकोप्टरम पुगेर चिया दिएका थिए । सबैले चिया पिएपछि हेलिकोप्टर दिउँसो १ बजेर २५ मिनेटमा काठमाडौँका लागि उडेको थियो ।

आफूसँग मुस्काउँदै कुरा गरेका मन्त्री दुर्घटनामा परेको खबर पाएपछि पूजारी आचार्य पनि स्तब्ध छन् । ‘हेलिकोप्टरमा जानुअघि आगो ताप्दै मन्त्रीज्यूले पाथीभरका लागि धेरै काम गर्नुछ भन्नु भएको थियो, उहाँले मलाई ढुक्क बनाउँदै हामी पाथीभरका लागि अझै केही गर्छौँ भनेर आश्वस्त पार्नुभयो’, पुजारी आचार्यले भने, ‘तर उहाँले मुस्काउँदै दिएका ती बाचा केही मिनेटमै दुर्घटनामा परेको हेलिकोप्टरसँगै बिलिन भए ।’ -पुजारीको बाईट अन्नपूर्णपोष्ट दैनिकबाट लिएका हौँ ।

सम्बन्धित खबरहरु