काठमाडौ । पछिल्ला दिनहरुमा नेपालमा कलाकारहरु समाजसेवामा लाग्ने क्रम बढेको छ । यसैबीच हास्य कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । नेपालमा घरजग्गा केही नभएको २२ वर्षिय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग प्रदान गर्नुभएको छ ।

जितु नेपालको औपचारिक युट्युव च्यानल जितु कमेडीमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिइएको छ । जितुको सामाजिक कार्यमा साथ दिदै निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाको तर्फबाट नगद १० हजार रुपैँया तथा निसान बजगाँईको तर्फबाट ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । शुक्रबार जितुले नेपाल र दीपाश्री निरौलाले उक्त रकम प्रदान गर्नुभएको हो ।

युवा अवस्थामा दुवै मृगौला फेल भएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गर्नुभएको थियो । पिडितको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले जानकारी दिनुभयो । आशिषका बुवा हाल वैदेशिक रोजगारिको शिलशिलमा दुवाईमा सेक्युरिटी गार्डमा काम गर्दै आउँनुभएको छ ।

सम्बन्धित खबरहरु