काठमाडौं । हिन्दु धर्म मान्नेहरुका लागि आज सोमबार महत्वपुर्ण दिन परेको छ । आज सोमबार महाशिवरात्री हिन्दु धर्मावलम्बीहरुको एक बिशेष पर्ब हो । शिवरात्रीको दिन हिन्दु धर्मावलम्बीहरुले बिभिन्न अनेक उपसना गरेर शिव भगवानलाई प्रसन्न पार्न चाहान्छन् ।

यो पर्ब नजिकै आइसकेको छ । शिवरात्रीको दिन भक्तजनहरुले विशेष महत्वको साथ अनेक उपसना गरेर शिवको पुजा गर्छन । महाशिवरात्रीको दिन शिव मन्दिरमा गएर शुद्ध मनले स्नान गरेर शिवजीलाई खुसी पार्ने गरिन्छ ।

हरेक वर्ष फाल्गुन महिनामा पर्ने शिवरात्रीलाई विशेष महत्वको साथ मानिन्छ । शिवको पुजा आरधना गर्नाले व्यक्तिको जीवनमा सुख, समृद्धि साथै धन प्राप्त हुने विश्वास रहेको छ । आउँनुहोस तपाईको मनोकामना पुरा गर्न कसरी पुजा गर्ने जानौ

  • शिवरात्रीको दिन शिवको तस्वीर अथवा शिव मन्दिरमा गएर पुजा गर्ने ।
  • शिवरात्रीको दिन कालो रंगको कपडा प्रयोग गर्नु हुदैन ।
  • सबैभन्दा पहिले माता पार्वतीको साथै नन्दीलाई जल अर्पण गर्ने।
  • विधिवत रुपमा शिवलिंगमा पुजा गर्ने ।
  • शिवलिंगमा जल चढाइ शिवलिंगलाई स्पर्श गरेर ॐ नमः शिवाय मन्त्रको जप गर्ने ।
  • तिल, जौ, सातु, बेलपत्र, फलफुल, चन्दन, धतुरो, घ्यू, मह, रुद्राक्ष आदि चढाउने र धुप बत्ति बाल्ने ।
  • शिवरात्रीको दिन निराहार बस्ने यदि नसक्ने भए फलाहार खाएर व्रत बस्ने ।

सम्बन्धित खबरहरु