काठमाडौ । भारतका विभिन्न शहरमा इजरायलले सेन्टर फर एक्सिलेन्स कार्यक्रममा सुरु गरेको छ। जसअन्तर्गतको एक हो आँपको उत्पादन। इजरायलको कृषि प्रविधिका सम्बन्धमा भारतस्थित इजरायली दूतावासका कन्सुलर दान आलुफका अनुसार भारतमा हुने आपको बोटभन्दा इजरायलमा पाँच गुणा सान बोट हुन्छ।

 

दोस्रो साना किसान सम्मेलनको क्रममा दानले गरेको प्रस्तुतिअनुसार भारतका बोटको तुलनामा इजरायलमा आँपको बोटले तीन गुणा बढी उत्पादन गर्छ। त्योपनि बेमौसममापनि आपले फल दिन्छ । खेतीको सुरुवातको हिसाबले इजरायलभन्द भारत धेरै पहिले भएको हो।

 

भारतमा दशकौ देखि आँपको खेती गरिएको छ। इजरायलमा चार दशकदेखि आँप खेती गरिएको छ’ आलुफले भने ‘इजरायलमा दुई मिटरका आपका रूख थिए, भारतमा १० मिटरसम्म अग्ला रहेछन् उत्पादन भने इजरायलमा तीन गुणा बढी छ।’ कार्यक्रमअन्तर्गत इजरायलले भारतका विभिन्न क्षेत्रमा आपको व्यावसायिक खेतीको लागि सहयोग गरेको छ। सुरुवातमा आँप काटेर दुई मिटरको फेद छोड्न गरेको आग्रह किसानले अस्वीकार गरेको आलुफले बताए।

 

‘हजुवाबाले लगाएको बोट भनेर काट्न किसानहरू अनकनाए तर पछि त्यसको प्रभाव बुझेपछि भने काटे अहिले प्राप्त प्रतिफल किसानले लिएको छन्’ आलुफले भने। उनले कुनै पनि खेती माटोको अध्ययन गरेर र त्यसलाई आवश्‍यक पर्ने पानी बुझेर गर्नुपर्ने सुझाव दिए।

 

नेपालमा पनि भारतमा सुरु गरिएको कार्यक्रम ल्याउन इजरायल तयार रहेको र सरकारीस्तरमा छलफल भइरहेको आलुफले बताए। उनले कृषिको लागि सबैभन्दा महत्वपूर्ण पक्ष भने अनुसन्धान र अनुसन्धानबाट निस्किएको ज्ञानको व्यवहारिक प्रयोग भएको बताए। उनले भने आफ्नो ज्ञान विश्वभरी फैलाउदा केही फरक पर्दैन । सबै मानव जातीमा फाईदा हो ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु