बर्दिया । किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा रसुवा यार्चा गाउँपालिका–१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका–१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका–५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की समेत ३ जनालाई बर्दिया बढैयाताल गाउँपालिका–८ कर्णालीपुलबाट शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

रसुवा यार्चा गाउँपालिका–५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित ह्यण्डबल ग्राउण्डबाट उदयपुर गाईघाट–२ घर भएका ३५ वर्षीय गंगाबहादुर तामाङलाई चोरी गरेको मोटरसाइकल सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित जाँच गर्ने क्रममा बा. ९८ प ५०८६ नम्बरको मोटरसाइकल माण्डिखाटारबाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी गंगाबहादुरलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सिन्धुपाल्चोक घर भएका २९ वर्षीय विशाल तामाङ र गोरखा घर भएका २५ वर्षीय भिमबहादुर रानाको साथमा करिब २ सय ४८ ग्राम सुन जस्तो देखिने पहेलो धातुको वाला ५ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी ललितपुर महानगरपालिका–३ च्यासलस्थित डेरा गरी बस्ने सोही ठाउँस्थित कन्ज्योसोम गाउँपालिका–२ शंखु का २७ वर्षीय गोकुल बिकलाई १ थान जरायोको सिङ सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गोकुलको डेरा कोठामा तलासी गर्दा उक्त जरायोको सिङ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता नवलपरासी सुनवल नगरपालिका–७ ज्यामिरे बस्ने ३४ वर्षीय मानबहादुर कवारलाई भरुवा बन्दुक १ थान र सारस जस्तो देखिने चरा सहित फेला पारी शनिबार राति प्रहरीले पक्राउ गरेको छ । देवदह नगरपालिका–५ पानवारी कचरा खोला किनारामा बन्दुक पड्केको आवाज सुनी प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त भरुवा बन्दुक र सारस सहित मानबहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–४ शंखपार्क बस्ने सुनसरीकी ३६ वर्षीया गंगा तामाङ आफ्नै कोठामा सुतिरहेको अवस्थामा शनिबार दिउँसो मृत फेला परेकी छन् । सर्लाही मलंगवा नगरपालिका–८ स्थित दुण्डी आँखा अस्पताल अगाडि भित्री सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय मनोजकुमार यादव आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता तुलसीपुर उपमहानगरपालिका–१३ बराखुट्टीस्थित सडकमा रा.१ त ३६३३ नम्बरको ट्याक्टरको ट्रलिबाट खस्दा सोही स्थान बस्ने २६ वर्षीय सहचालक जितबहादुर चौधरीको ट्याक्टरको टायरले च्यापिएर शनिबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी सिरहा बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुर बस्ने रामजतन यादवको गोठमा शनिबार बेलुका आगलागी भई बस्तीमा फैलिँदा रामजतन र सोही स्थान बस्ने मुकुन यादवको गोठ र पराल समेत जलेर करिब ३ लाख १५ हजार रुपैँया बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । स्रोत नेपाल प्रहरी केन्द्रीय कार्यालय

सम्बन्धित खबरहरु