‘इमरान खानका लागि नोबेल शान्ति पुरस्कार’ भन्दैं हस्ताक्षर अभियान सुरु !

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १९ फाल्गुण, २०७५

काठमाडौं । अहिले विश्वभर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्चा भइरहेको छ । भारत र पाकिस्तान बिच बढ्दैं गएको दुरीलाई कम गर्नको लागी खानले देखाएको उदारतलाई आज संसारले खुलेरैं तारिफ गरिरहेको छ । यो बिचमा इमरानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने मागहरु पनि उठीरहेका छन् । उहाँलाई एसियाकैं शान्तिप्रीय नेता भएको धेरैंको विश्लेषण रहेको छ ।

विशेष गरेर दक्षिण एसियाली क्षेत्रमा शान्ति स्थापना गर्नको लागी उहाँले आफ्नो उदारता देखाएको धेरैंको विश्वास रहेको छ । उहाँले हालैं भारत पाकिस्तान बिच भएको युद्धमा पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय विंग कमान्डर अभिनन्दनलाई रिहा गरेपछि अहिले उहाँको भारतमा पनि तारिफ भइरहेको छ ।

यो बिचमा पाकिस्तानमा, आफ्नो प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनको लागी देशैंभरीबाट अनलाइन मतदान सुरु भएको छ । अहिलेसम्म तीन लाख भन्दा धेरै व्यक्तिले यस अभियानमा हस्ताक्षर गर्न भ्याएका छन् । इमरान खानले भारतीय पाइलट रिहा गरेर छिमेकी भारतसँग भारी तनाव कम गरेर ठूलो शान्तिप्रीय नेता साबित भएको जन विश्वास रहेको छ ।

संसारलाई थाहा छ भारत र पाकिस्तान परमाणु हतियार भएका देशहरू हुन् । भारतको पुलवा जिल्लामा सीआरपीएफमाथि आक्रमण हुँदा कम्तीमा ४६ जना भन्दा धेरैको ज्यान गएको थियो । यस घटनालाई लिएर दुई देशका बिचमा युद्धको अवस्था सिर्जना भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानमा रहेको अतिवादी संगठन जैश-ए-मोहम्मदले लिइसकेको छ ।

भारतले यस हमला पछि बालाकोटमा आतंककारी संगठनहरूको शिविरहरूमाथि आक्रमण गरेको दाबी गरेको छ । यो सँगैं दुई देशका बिचमा तनाव सुरु भएको हो पाकिस्तानले भारतका दुई लडाकु विमान खसालेको र एक जना पाइलट कब्जामा राखेको जनाएको थियो । भारतीय पाइलटलाई रिहा गर्न लागेको कुरा खानले पाकिस्तानको संसदमा जानकारी दिनुभयो । उहाँले शान्तिका लागी आफुले भारतीय पाइलटलाई फिर्ता पठाएको जानकारी दिनु भएको थियो ।

बिहीबार, पाकिस्तान लगायत विश्वभर हैश ट्याग नोबल शान्ति पुरस्कार इमरान खानको लागि प्रचलनमा थियो । इमरान खानको घोषणा पछि, मानिसहरूले आफ्नो खुःशी व्यक्त गर्न थालेका छन् । मानिसहरूले बेलायतमा पनि अभियान सुरु गरेका छन् । अर्कोतर्फ, पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले पनि संसदमा प्रस्ताव पठाउनुभयो ।

यस प्रस्तावमा, यो भनिएको छ कि नोबेल पुरस्कार को लागि इमरान खानलाई संसद देखि यो प्रस्ताव पारित गरेर नोबेलका लागि पठाउँने बताउनुभयो । चौधरीले यस प्रस्तावमा लेख्नु भएको छ, इमरान दुई खानले देश बिचको तनाव कम गर्नका लागि अप्रत्याशित भूमिका खेल्न सफल हुनुभयो ।

यस विषयमा, भारतमा पनि इमरान खानको सर्मथनमा ठुलो आवाज जम्मा भएको छ । यो बिचमा भारतीय सुप्रीम कोर्टका पूर्व न्यायाधीश मार्कैंडे कटजूले पनि इमरान खानको प्रशंसा गर्नुभएको छ । कटजूले ट्विट गर्दै भन्नु भएको छ, “मैले इमरान खानलाई यो भन्दा पहिले आलोचना गरेँ तर म उनीहरूको भाषण सुने पछि उनको प्रशंसक भएको छु ।”

उनको यो कुरालाई भारतीय मिडियामा स्थान दिइएन तर पाकिस्तानी मिडियामा खुबैं चर्चामा रहन सफल भएको थियो । उहाँको अर्को ट्वीटमा,“जब मैले पाकिस्तानलाई नक्कली र कृत्रिम राष्ट्र भने मलाई कुनै पाकिस्तानीले दुर्व्यवहार गरेको छैन । अब म इमरान खानको प्रशंसा गर्छु त्यसैले दर्जनौं भारतीयहरूले मलाई दुर्व्यवहार गर्न आएका छन् । मलाई देशद्रोही, सनकी र पाकिस्तान परस्त भनिएको छ । अब मलाई बताउनुहोस्, अधिक परिपक्व को हो ?” बीबीसी

सम्बन्धित खबरहरु