नयाँ दिल्ली । पाकिस्तानले मानवताको उदाहारण दिदैं विंग कमान्डर अभिनन्दन वर्तमानलाई भारत फर्काएको छ । उनको अहिले भारतमा स्वास्थ्य चेकजाँच भइरहेको छ । अनुसन्धानको बेला, उनको पाखुरामा हल्का चोट लागेको देखिएको छ । एक सैन्य अधिकारीले दिएको जानकारीअनुसार वर्तमान अब छिट्टैं लडाकु विमान उडाउन चाहान्छन् । समाचार एजेन्सीको अनुसार उनको विशेष गरेर हड्डीमा चोट देखिएको छ ।

एमआरआई गर्नुको मुख्य उदेश्य पाकिस्तानी सेनाले कमान्डरको शरीरमा कुनै माइक्रोफोन राखेको त छैंन भन्ने शंकाका आधारमा चेक गरिएको हो । पाकिस्तानले शुक्रबार कमान्डरलाई भारत फिर्ता गरेको थियो । वर्तमानले शनिबार रक्षामन्त्री निर्मला सितारमण सँग भेट गरेका थिए । आज उनले रक्षा राज्यमन्त्री सुभाष राव भामरेसँग वायु सेनाको अस्पतालमा भेट गरेका छन् । एजेन्सी

सम्बन्धित खबरहरु