काठमाडौ । आजको विश्व समुदायकाबीच आतंकवाद एकदमैं ठुलो समस्या हो । भारत र पाकिस्तानबीच अहिले आतंकवदको लडाई भइरहेको छ । भारतले पाकिस्तानलाई आतंकवाद जन्माएको र उनीहरुको संरक्षण गर्ने गरेको दावा गर्दै आएको छ । भारत र पाकिस्तान सीमा क्षेत्र कश्मीरमा यस्तो समस्या देखिएको छ । आतंकवाद ति देशहरुमा धेरैं देखिएको छ जहाँ कसैंको दबाब अधिक हुन्छ ।

विगतमा नेपालमा दश वर्ष चलेको जनयुद्ध पनि आतंकवादको एक रुवरुप थियो । त्यस्तैं कश्मीरमा पनि लामो समय देखि स्वतन्त्रताको लडाई भइरहेको छ । कश्मीरलाई स्वतन्त्र गराउँनको लागि यस क्षेत्रलाई आधार बनाएर दर्जन भन्दा धेरैं आतंकवादी संगठन सक्रिय भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्महरुको दावी रहेको छ । आतंकवादीहरुले सरकारलाई दबाब दिनको लागि भारतमा पटकपटक आक्रमण गरेका छन् ।

पछिल्लो उदाहरणका रुपमा केही हप्ता पहिले घटेको पुलवा घटनालाई लैजान सकिन्छ । कश्मीरमा पाकिस्तानलाई आधार बनाएर यस्ता समुहहरु बस्ने गरेको भारतले आरोप लगाएको छ । यहाँ के देख्न सकिन्छ भने पछिल्ला दिनहरुमा कश्मीरी जनता प्रति पाकिस्तान सरकार नरम भएको छ तर भारतीय सरकार कठोर भएर लागेको छ । भारतीय सेनाले आतंकवादीमाथि आक्रमण गर्ने निहुँमा धेरैं सर्वसाधारण पनि मारेको जनाइएको छ ।

भारतीय पक्षले आक्रमण थालेपछि पाकिस्तान तर्फबाट पनि गोलाबारी हुन्छ । यो बिचको लडाईमा त्यस क्षेत्रमा बस्ने लाखौं सर्वसाधारणलाई सास्ती भइरहेको छ । यो बिचमा अहिले पाकिस्तानले यो समस्याको समधानका लागि भारतलाई वार्तामा आउँन अपिल गरेको छ । यसरी यदी यस कुरामा भारत सकारात्मक भएमा यो समस्याको समाधान हुने देखिएको छ ।

यदी भारत नरम नहुने र पाकिस्तान पनि यी संगठन प्रति नरम नहुँने हो भने यी संगठन नेपाल लगायतका देशहरुमा प्रवेश गर्न सक्ने डर देखिएको छ । तपाईलाई जानकारी गराउँ पुलवा घटनाको जिम्मा लिएको संगठनका नाइकेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतीय विमान अपहरण गर्न सफल भएका थिए ।

यता भारतीय सञ्चारमाध्यममा भएको दावी अनुसार नेपालको मोरङ जिल्लामा लश्कर–ऐ–तैयवाले संगठन विस्तार थालेको छ । नेपालमा मात्रैं नभई पाकिस्तानी यी संगठनहरुले भारतमा पनि धेरैं राज्यहरुमा आफ्ना लडाकु तयार गरिरहेको खुल्न आएको छ ।

यस बारेमा नेपाल सरकारले कुनैं आधिकारीक धारणा जनाएको छैंन । तर एक भारतिय मिडियाले पाकिस्तान सरकारले नै आतंकवादी संगठनलाई नेपालमा एनजिओ मार्फत घुसाएको जसको अगुवाई पाकिस्तानी दुतावसले नै लिएको दावी गरेको छ । मोरंग जिल्लामा नेपालीलाई एनजीओ मार्फत संगठित गराउने र भारत हान्नका लागि पाकिस्ताने नेपाली भूमी प्रयोग गर्नसक्ने उनीहरुले आशंका गरेका छन् । जुन भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियो हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

जी न्यूज भारतको अत्यन्तै ठूलो न्यूज च्यानल हो उसले समेत यसरी खुलेरै समाचार बनाएको छ । मनिष शुक्ला रिपोर्टरले दावीका साथ बोलेका छन् । अहिलेपनि भारत र पाकिस्तानको सिधा युद्ध हैन । भारतले पाकिस्तानलाई आफ्नो बहुमा राख्न थर्काइ मात्र राखेको हो । उसले पाकिस्तान जस्तो उच्च सुरक्षा र आणविक शक्ति सम्पन्न देशमा समेत आतंकवादी घुसेको भन्दै सैन्य विमानमा बम पठाएर पाकिस्तानी भूमिमा अन्दाधुन्दा हानिरहेको छ । भने कमजोर सुरक्षा र आणविक शक्ति शुन्य देश नेपालमा कुनै समय आतंकवादी लुकेको भन्दै आक्रमण नगर्ला भन्न सकिन्न ।

यसअघि भारतका केही मिडियाले कश्मीरमा ४६ जना भारतिय सैनिकको हत्या हुनेगरी भएको विस्फोटको विस्फोटक बस्तु नेपालहुँदै आएको दावी गरेका थिए । उक्त दावा गरिएको खबरपनि यो लिंकमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु