काठमाडौं । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता भरतमोहन अधिकारीको गत शनिबार मुटुमा आएको समस्याको कारण निधन भएको छ । आज प्रतिनिधिसभाले पुर्व सांसद तथा उपप्रधानमन्त्री अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पुर्व अर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा,२०६३ सालको पुनस्र्थापित प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य हुनुहुन्थ्यो ।

उहाँ २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि हुनुहुन्थ्यो । बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दे एक मिनेट मौन धारण पनि गर्यो । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार अपरान्ह १ बजे बस्ने भएको छ ।

सम्बन्धित खबरहरु