काठमाडौ । नेपाल लगायतका देशहरुमा अपराधका घटनाहरु हरेक दिन बढ्दैं गइरहेका छन् । तर, विश्वमा यस्ता देशहरु पनि रहेका छन् जहाँ अपराध गर्नेहरु एकदमैं कम हुन्छन् । सबै मानिसहरु शिक्षित भएमा अपराधमा कमि आउँने विश्वास रहेको छ । विश्वमा एउटा यस्तो देश पनि रहेको छ जहाँको जेलमा अपराधी नै छैनन् ।

हो तपाईले ठीक पढ्नुभयो विश्वमा एकजना पनि अपराधी जेलमा नभएको देश नेदरल्यान्ड हो । यहाँ सन् २०१८ लाई आधार मान्ने हो भने जेलमा एकजना पनि अपराधी आएका छैनन् । देशमा अपराधी कम हुँदैं गएपछि जेलमा काम गर्ने १३ सय कर्मचारीको जागिर धरापमा परेको छ । आज भन्दा दुई वर्ष पहिले यो देशमा १९ जना अपराधी थिए तर अहिले उनीहरुको सजाय सकिएको छ ।

दुई वर्ष पहिले २ हजार जेलर भएकोमा सरकारले ७ सयलाई अन्य विभागमा सरुवा गरेको छ । नेदरल्यान्डमा सामान्य अपराध हुने गर्दछ, अपराध गरेपछि अपराधीको खुट्टामा विशेष खालको प्रविधि प्रयोग गर्ने गरिन्छ । यो देशमा अपराध गरेपछि जेल बस्नु पर्दैन शरिरमा एक यन्त्र जडान गरिन्छ । यदी अपराधी घर बाहिर जाँदैंछ वा भाग्न खोज्दैंछ भने यसको जानकारी प्रहरीलाई मिल्ने गर्दछ । विश्वमा भएका सुरक्षित देशहरुको सुचिमा यो देश पनि पर्दछ । एजेन्सी

सम्बन्धित खबरहरु