काठमाडौं । पछिल्ला दिनहरुमा चोरीका घटनाहरुमा वृद्धि भइरहेको छ । यस्तैं, जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी भएको छ । चोरीमा संलग्न भएको भएको भन्दैं प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– ६ का २० वर्षीय बिक्की साह र वडा नं. ४ का २० वर्षीय किसन मण्डल रहका छन् ।

फागुन २३ गते हुने छोरीको बिहेको लागि किनेर ल्याएको सामग्री मंगलबार राति चोरी गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको हो । उनीहरुले एक लाख मूल्य बराबरको खाद्य सामाग्रीहरु चोरी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवैजनामाथि थप अनुसन्धन गरी मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु