काठमाडौं । एक साता पहिले ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित तारेभीरको जंगलमा डाइनेष्टिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा अब फेला परेको छ ।

अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु