जेपी फिरेन्ते "आचार्य" - तथापी उसलाई सम्झना स्वरुप दुई थोपा आँशुका ढिकाहरु उपहार चढाएको छु । ती दुई थोपाले तेजावको रुप लिएर नजलायोस् । मैले जीवन आहुती दिएर उसलाई सिंहासनमा विराजमान गराएको हुँ । दुई तिहाइ मायाको दम्भ बढेर होला निकै घमण्ड बढेको छ । आँफुले नै दिएको लोकप्रियता कमाउने बचन पूरा गर्नुको बदला रिसाएर दमन गर्दा आफ्नै ईज्जतमा धक्का पर्ने कुरा सोच्नु पर्ला कि ?

मलाई त लाजै छैन रणभूमिबाट अमरत्व कमाएको महापुरुष हुँ, मैले परपुरुषको विजाणुलाई अवतरण गर्नु छैन । जवकी नारीको अस्मितामा खोट लागि बिबाहा मण्डव मै दुलहाले छोड्ला कि भन्ने डर पनि छैन । जब मेरो अपमान हुन्छ तब मेरो शक्ति अपार छ । मेरो रगतको मूल्य लिन मैले जानी सकेको छु । त्यो शक्ति अरुले पाउन पनि सक्छन। आखिर निर्णय दुई तिहार्इ मायालु मनहरुले दिने छन ।

-जेपी फिरेन्ते "आचार्य"द्धारा प्रकाशोन्मुख लघुकथा संग्रहमा रहेको लघुकथाको एक अंश... म त जस्ताको त्यस्तै छु नि ढुङ्गामा जेलिएको बालुवा सरी रछ उसको मन । वर्षाको पानीले बगाएर लगेछ । त्यो ढुङ्गो मात्र बाँकी रहेछ । तर त्यो ढुङ्गो होईन प्रकृतिको प्रतिक हो ।

सम्बन्धित खबरहरु