काठमाडौं । हालैं उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच भियतनाममा दोस्रो शिखर वार्ता भएको थियो । उक्त वार्तामा कुनैं पनि कुरामा सहमति नभएको जनाइएको छ । यो बिचमा उत्तर कोरियाले नष्ट पार्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुनर्स्थापित गर्न लागेको भू-उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूले बाहिर आएका छन् । उत्तर कोरियाली र अमेरिकी नेताहरूबीचको वार्ता निरस्त्रीकरणबारे कुनै सहमतिमा नपुगी टुङ्गिएको दुई दिनपछि ती तस्बिरहरू खिचिएका हुन् ।

उत्तर कोरियाले डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन । सो प्रक्षेपणस्थललाई नष्ट पार्ने कार्य गत वर्ष थालिएको थियो । तर संयुक्त राज्य अमेरिकासँगको वार्ता अवरुद्ध भएपछि त्यो काम काम रोकियो ।

त्यसलाई नष्ट पार्ने उत्तर कोरियाको प्रतिबद्धतालाई प्योङ्याङ र वाशिङ्टनबीच विश्वासको वातावरण बनाउने कदमका रूपमा हेरिएको थियो । यसैबीच अमेरिकाले निरस्त्रीकरणका लागि प्योङ्याङले कदमहरू नचाले उसले थप प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएको छ । कैयौँ अमेरिकी थिङ्क ट्याङ्क र दक्षिण कोरियाली गुप्तचर निकायहरूबाट प्राप्त भू-उपग्रहीय प्रमाणका अनुसार डोङ्चाङ-नीस्थित सुरहेमा रकेट प्रक्षेपणका लागि प्रयोग हुने प्याडमाथि संरचनाहरूको विकास तीव्र गतिमा भइरहेको छ ।

गत जुलाईमा सार्वजनिक तस्बिरहरूमा चाहिँ उत्तर कोरियाले उक्त प्रक्षेपणस्थललाई नष्ट गर्न लागेको देखिएको थियो । सन् २०१२ देखि सुरहे उत्तर कोरियाको भू-उपग्रह प्रक्षेपण गर्ने प्रमुख स्थलका रूपमा रहिआएको छ । अमेरिकासम्म पुग्न सक्ने क्षमता भएको क्षेप्यास्त्रका इन्जिनहरूको परीक्षणका लागि पनि उक्त स्थलको प्रयोग गरिएको थियो । तर उत्तेजक कदम ठानिने बलिस्टिक क्षेप्यास्त्रको परीक्षणका लागि चाहिँ त्यसको कहिल्यै प्रयोग गरिएको छैन ।

तर भू-उपग्रहबाट प्राप्त तस्बिरहरूको व्याख्याका आधारमा अर्थ निकाल्ने कुराप्रति म सधैँ सचेत हुन्छु । कतिपय विश्लेषकहरूको विश्वास के छ भने यो चरणमा किम जङ-अनले डोनल्ड ट्रम्पको धैर्यको सीमाको परीक्षा लिएको हुन सक्छ न कि बलिस्टिक क्षेप्यास्त्र परीक्षणको तयारी गरेका हुन् । यदि उत्तर कोरिया रकेट परीक्षण स्ट्यान्डको निर्माणभन्दा अझ अगाडि बढ्यो र क्षेप्यास्त्र परीक्षण रोक्ने प्रतिबद्धता उसले तोड्यो भने अमेरिकी राष्ट्रपतिको अकल्पनीय आक्रोशको जोखिम निम्तिन सक्ने देखिएको छ ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भएको दोस्रो शिखरवार्ता कुनै सम्झौता वा सहमति नभई गत हप्ता टुङ्गिएको थियो । गत जुनमा सिङ्गापुरमा सम्पन्न ऐतिहासिक भेटमा उहाँहरुको अस्पष्टताले भरिएका सहमतिहरू भएका थिए । केही प्रतिबन्ध खुकुलो पार्ने सुनिश्चितता गर्नुअघि निरस्त्रीकरणको दिशामा उत्तर कोरियाले कतिसम्म प्रगति गर्नुपर्छ भन्ने विषयमा सहमति गर्न दुई नेता विफल भएका थिए ।

मङ्गलवार एउटा टेलिभिजन अन्तर्वार्तामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उत्तर कोरियाले थप प्रतिबन्धको सामना गर्नुपर्ने हुन सक्ने बताउँनुभयो । उहाँका अनुसार, परमाणुअस्त्र कार्यक्रम र त्यससँग सम्बन्धित सबै कुरा त्याग्ने विषयमा प्योङ्याङ कत्तिको प्रतिबद्ध छ भन्ने कुरा वाशिङ्टनले हेरिरहनेछ । उत्तर कोरियाको यो कदमसँगैं विश्वमा नयाँ त्रास देखिएको छ । बीबीसी

सम्बन्धित खबरहरु