रोल्पा । जनयुद्धको उद्गम स्थल रोल्पामा बम भेटिन थालेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका हुन् । जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रमा प्रहरी पुगेको र बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताउँनुभयो । मंगलवार राति एक गाडी तोडफोड भएको थियो । उक्त गाडी तोडफोड गर्ने समूहले नै बम राखेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले आशंका व्यक्त गर्नुभयो । गाउँमा बम फेला पर्न थालेपछि स्थानीयहरुमा त्रास देखिएको छ ।

सम्बन्धित खबरहरु