काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सामुहिक श्रदाञ्जली सभा सम्पन्न गरेको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र अर्का नेता भरतमोहन अधिकारीको निधनलाई लिएर आज भृकुटीमण्डपमा श्रदाञ्जली सभा आयोजना गरिएको थियो ।

श्रदाञ्जली सभामा पार्टीका नेता कार्यकता लगायत मृतकका परिवारजनको बाक्लो सहभागिता रहेको थियो । बिहीबार १ बजेका लागि राखिएको सभा अवधि धेरैं त सन्नटामा नैं बित्न पुग्यो । पौने २ बजे कार्यक्रमलाई औपचारिक रुपमा सुरु गर्नुभन्दा केहीबेर अघिमात्रै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पुग्नु भएको थियो ।

पार्टी अध्यक्षद्धय आइपुगेपछि महासचिव विष्णु पौडेलले कार्यक्रम औपचारिक रुपमा सुरु गर्नुभएको थियो । आयोजकले ओली र प्रचण्ड पुग्नु अगावै स्व। रवीन्द्र अधिकारी, भरतमोहन अधिकारी, आङछिरिङ शेर्पा लगायतका परिवारका सदस्यहरुलाई नामै लिएर आसनग्रहण गर्न भनिसकेको थियो ।

दिवंगतहरुको फोटोमा माल्यार्णपण गरेर कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । कार्यक्रम चलिरहेका बेला एकजना बालकको ध्यान भने कार्यक्रमतर्फ भन्दा पनि खेल्नतिर नै गएको जस्तो देखिन्थ्यो । खरानी रङको टिसर्ट र पाइन्ट लगाएका ती बालकप्रति कसैको खासै ध्यान जान सकेको थिएन् ।

कार्यक्रमको अन्तिमतिर कार्यक्रम सञ्चालक पौडेलले नामै लिएर ती बालकलाई बोलाउनुभयो । ती त गतसाता ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका स्वर्गीय मन्त्री अधिकारीका कान्छा पुत्र स्वराज रहेछन् ! कार्यक्रम सञ्चालकले बोलाएपछि मञ्चतर्फ अघि बढे सबैंलाई नमस्कार गरे अनी प्रधानमन्त्रीसँग हात पनि मिलाए ।

त्यसपछि उपस्थित सबैको अनुहार हसिँलो बन्न पुग्यो । प्रधानमन्त्री ओलीले काखमा राखेर मायाले सुमसुम्याउनु भयो । हसिलो स्वभाव भएका ति बालकले देखाएको व्यवहारले त्यहाँ उपस्थित सबैंको आँखामा खुःशीको आँशु रसाएका थिए ।

सम्बन्धित खबरहरु