रामेछाप । सामान्यतया गाइ भैंसीका दुई खुट्टा हुन्छन् । तर कहिलेकाँही प्रकृति अनि विज्ञानको परिभाषा असफल हुन्छ त्यसलाई नैं चमत्कार भन्ने गरिएको छ । यस्तैं, रामेछापमा एक किसानको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । अहिले भैँसीले ६ खुट्टे पाडो जन्माएपछि हेर्न जाने हरुको लाइन लागेको छ ।

यसअघि भैसीले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु पाडो हेर्न दैनिक मगरको घरमा आउने गरेका छन् । उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गरेको छ । अन्य पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको मगरले जानकारी दिनुभयो । यसलाई भगवानको बरदान भएको भन्दैं दर्शण गर्न आउँनेहरु पनि उत्तिकैं रहेका छन् ।

सम्बन्धित खबरहरु