काठमाडौ । आज अन्र्तराष्ट्रिय नारी दिवस विश्वभरी विभिन्न कार्यक्रमगरी मनाईदैछ । नेपालमापनि सार्वजनिक विदा नै दिएर सरकारी तवरमा धुमधामका साथ करोडौका कार्यक्रम गरेर मनाईदैछ । तर दुर दराजमा भएका महिलाहरुले आज नारी दिवस थाहा नैं पाएका छैनन् ।

नेपालको सहरी क्षेत्रमा विशेष गरेर कुनै सभा सम्मेलन गरेर मनाइने यस्ता दिवसहरुले त्यो बेला कुनैं अर्थ हुँदैन । गाउँमा आज पनि दाउजोको निहुँमा नारी जलाइएको छ, बोक्सीको आरोपमा अमानवीय व्यवहार भएको छ ।

छाउपडीका नाममा नारीलाई अकालमा नैं मर्न बाध्य पारिएको छ । दिवसको अर्थ त्यो बेला साध्य हुन्छ, जब गाउँ–गाउँमा नारी पिडा मुक्त हुन्छन् । अभाप मुक्त हुन्छन् । यदाकदा भएका पिडाका पिडितहरुले न्याय पाउँछन् ।

न्याय दिन नसके पनि चेतना दिनुपर्ने सबैंको दायीत्व जस्तैं हो । अर्को फरक प्रशंग, इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् ।

इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका हुन्छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल हुँदैन । उनीहरु इट्टा बोकिरहेका हुन्छन् ।

कुनै बालबालिकाले ठुला मान्छेका चप्पल लतारिरहेका देखिन्छन् । कतिपयले त कट्टु पनि लगाएका हुँदैनन् । उनीहरु स्कुल जान पाएका छैनन् । आमाबाबुलाई स्कुल पठाउनु पर्छ भन्ने चेतना नैं छ । भक्तपुर चाँगुनारायमा रहेको कुमारीमाता इँटा भट्टाको दृष्य हो यो ।

भट्टामा सबै मजदुर व्यस्त छन् । कोही इँटा पकाउँदैछन् त कोही इँटा बोकेर ट्याक्टरमा लोड गर्दैछन् । मजदुरका दैनिकी दुःखपूर्ण हु्न्छ नै हुन्छ । यी बालिकालाई हुर्काइरहेकी आमा अर्थात नारीको जीवन झनै सकसपूर्ण छ ।

उनीहरुलाई सास धान्नसँग मात्रै सरोकार छ । परिवारलाई दुई छाक पेटभरि खुवाउनु छ । कसैकसैलाई भने गाउँमा रहेका छोराछोरीका लागि किताबकापी किनिदिनु छ । यस्तो दयनीय अवस्था भएको ठाउँमा कुनै पनि दिवसको कुनै अर्थ छैन् । आज पनि गाउँमा यस्ता महिलाहरु धेरैं भेटिन्छन्, जसलाई नेपालको राष्ट्रपति, प्रधानमन्त्री यहाँसम्म कि आफैंले भोट दिएर पठाएको नेतासम्म थाहा हुँदैन । उनीहरु आफ्नो पौरखमा विश्वास गर्छन ।

उनीहरुका नाममा शहरमा ठुलाठुला पाँच तारे होटेलहरुमा गोष्ठी गरिन्छ् । तर, शहरमा हुने यस्ता सभा सम्मेलनहरुले ति महिलाहरुलाई कहिल्लैं छुन सकेको छैन । सामाजिक, आर्थिक, तथा धार्मिक कारणले गर्दा आज पनि महिलामाथि दमन भइरहेको छ । यस कुरामा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक देखिएको छ ।

सम्बन्धित खबरहरु