काठमाडौ । लामो समय देखि स्वतन्त्र मधेशको माग गर्दै आउँनु भएक डा. सिके राउतले अब अखण्ड नेपाल स्विकार गर्नुहुने भएको छ । आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राउतले पृथकतावादी सोच अन्त्य गरेको घोषणा गर्नुहुने भएको जानकारी दिनुभएको छ ।

राउतले सरकारसँग गोप्य रुपमा यो भन्दा पहिले देखि वार्ता गर्दै आइरहनु भएको थियो । राउतलाई बिहिबार सर्वोच्च अदालतले रिहा गर्न भनेको थियो । आज अपरान्ह १ बजे राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्नुहुने भएको हो ।

राउत नेकपामा प्रवेश गर्ने चर्चा भइरहेको भए पनि आज नै गर्ने वा नगर्ने कुनै जानकारी दिइएको छैन । स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्ध पनि आजदेखि समाप्त भएर जाने भएको छ ।

यो यूर्टन कसरी भयो भन्नेमा सबै चकित भएका छन् । राउतले मधेश आफैमा स्वतन्त्र देश हो । र स्वतन्त्र देशको रुपमा रहनुपर्छ भन्दै भाषण र संगठित गर्दै आएका थिए । यसलाई राज्य विप्लवको रुपमा हेरेर राज्यले बारम्बार पक्रिदै उनलाई प्रहरी समक्ष बुझाउँदै आएको थियो । प्रहरीले देशद्रोहको मुद्धामा बारम्बार अदालतमा उपस्थित गराएको छ । तर देशद्रोहको यथेष्ठ प्रमाण नरहेको भन्दै अदालतले उनलाई सफाई दिँदै आएको छ ।

सम्बन्धित खबरहरु