सिरहा । देश अन्तराष्ट्रिय नारी दिवसमा रमाइरहेको बेला सिरहाबाट दुःखद खबर आएको छ । सिराहको सुखीपुर नगरपालिकामा एक युवकबाट बालिका बलात्कृत भएकी छिन् ।

सुखीपुर ८ का २० बर्षीय संजय साह तेलीलाई सात वर्षीया स्थानीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । हिजो दिउँसो बालिकालाई बलात्कारको प्रयास गरेको कुरा पीडित बालिकाका परिवारले खबर गरेपछि ईलाका प्रहरी कार्यालय वरियारपट्टिले साह तेलीलाई पक्राउ गरेको छ । बालिकाका परिवारले बलात्कार गरेको बताएका छन् ।

पीडित बालिकाका परिवारले बालिकाको यौनीबाट रगत आएकोसमेत दाबी समेत्त गरिएको छ । प्रहरीले स्वास्थ्य परिक्षण भइरहेको बताएको छ । परिक्षण पछि बलात्कार गरे नगरेको प्रष्ट हुने बताइएको छ । अहिले बालिकाको र ती युवकको स्वास्थ्य परीक्षण भइरहेको छ ।

सम्बन्धित खबरहरु