काठमाडौं । आज अन्तराष्ट्रिय महिला दिवस नेपालमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैंछ । यो बिचमा कलाकार, नेता तथा अधिकारीकर्मीहरुले विशेष रुपमा सुभकामना सन्देश दिएका छन् ।

समय समयमा सामाजिक विषयहरुमा बोल्ने चर्चित गायक प्रमोद खरेलले पनि नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा एक् स्टाटस राख्दैं शुभकामना दिनु भएको हो । उहाँले लेख्नु भएको छः देशमा आज सार्वजनिक बिदा छ निर्मला , आज नारी दिवस ।

वक्तव्य र शुभकामना को ओइरो छ निर्मला , आज नारी दिवस । तिमी र तिमी जस्ता थुप्रै को आत्माले के भन्दै होला निर्मला , आज नारी दिवस । अहँ,किन किन उत्साह उमंग नै छाएन,कसरी मनाँउ ? आज नारी दिवस ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको सात महिना हुनै लाग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । सरकारले अनुसन्धान तिव्र रुपमा अगाडी बढाएको जनाउँदैं आएको छ । #Womensday #justicefornirmala

सम्बन्धित खबरहरु