काठमाडौं । आज नेपाल लगायत विश्वका धेरैं देशहरुमा नारी दिवस मनाइदैंछ । सुरुवातमा महिलाहरुले मत दिन पाउँनुपर्दछ भन्ने उदेश्यका साथ यो आन्दोलनको सुरुवात भएको थियो । अहिले समय फेरिएको छ, अब महिलाहरुका अधिकार, समस्या र समाधानका बारेमा चर्चा हुन थालेका छन् ।

आज नेपालमा अहिले पनि महिलाहरुका समस्या समाधान हुन सकेको देखिएको छैन् । शहरका पाँच तारे होटेलहरुमा दुई चार जना जम्मा भएर नारी दिवस मनाउँदैं गर्दा गाउँमा महिला बोक्सीको आरोपमा कुटिनु पर्छ । बालिका बलात्कृत हुन्छिन्, दाइजोको निहुँमा जवान छोरीको बिबाह हुन सक्दैन् । नेपाली समाजमा यस्ता थुप्रै समस्याहरु रहेका छन् । यी र यस्ता समस्याहरुमा हरेक दिनजसो आवाज उठाउन जरुरी छ ।

सामाजिक आचरणमा परिवर्तनका लागि एक दिन लाखौं करोडौं खर्च गरेर गरिने कार्यक्रम भन्दा गाउँमा गएर गरिने चेतनामुलक कार्यक्रमले विशेष अर्थ राख्ने केही मानिसहरुको तर्क रहेको छ । आज पनि नेपालमा धेरैं यस्ता नारीहरुको जमात रहेको छ, जसलाई नेपालको राष्ट्रपति, प्रधानमन्त्रीका बारेमा जानकारी हुँदैन । आफुहरुले पाउँनुपर्ने अधिकारका बारेमा जानकारी हुँदैन ।

सामाजिक, आर्थिक र धार्मिक कारणले गर्दा महिलाहरु लामो समय देखि नेपाली समाजमा पिडादायक जीवन जिउँन बाँध्य भएका छन् । देशमा महिला राष्ट्रपति भएकोमा नेपालले गर्व गर्नसक्छ तर महिला राष्ट्रपति भएको अनुभुति नेपाली महिलाहरुलाई हुन्छ कि हुँदैन ? बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले सात महिना भैसक्दासम्म न्याय पाउँन सकेकी छैनन् ।

हरेक दिन हत्या, हिंसा, बोक्सी, छाउपडी र बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु बाहिर आइरहेका छन् । आफ्नैं आफन्त घर परिवारबाट नारी सुरक्षित नरहेको बेला एक दिन मनाइने नारी दिवसको के अर्थ हुन्छ ?

सम्बन्धित खबरहरु