काठमाडौं । आज भारतीय लडाकु विमान फेरि दुर्घटनामा परेको छ । भारतीय वायुसेनाको एक मिग २१ विमान राजस्‍थानको बीकानेरको शोभा सारको ढाणी क्षेत्रमा शुक्रवार दुर्घटनाग्रस्‍त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त विमानमा दुई जना पाइलट भएको तर उनी प्यारासुट मार्फत हाम फालेर बाँच्न सफल भएको जनाइएको छ ।

केही प्राविधिक कारणले गर्दा विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ । तर दुर्घटनाको कारण निश्चित रुपमा खुल्न सकेको छैन । एक रक्षा विशेषज्ञका अनुसार विमानसँग चर ठोक्कीएको हुनाले दुर्घटना भएको हुनसक्छ । घटनाको बारेमा अहिले पनि अधिकारीहरुले अध्यन गरिरहेका छन् ।

सम्बन्धित खबरहरु