काठमाडौं । आज अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइएको छ । यस्तैं अहिले नेपालमा पुरुषहरुका लागि आवश्यक पर्ने कण्डम निःशुल्क भएको तर महिलाको लागि आवश्यक प्याड निःशुल्क नभएकोमा दुःख व्यक्त गरेका छन् । सांसद विमला विकले महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड निशुल्क वितरण गर्नुपर्ने बताउँनु भएको छ ।

सांसद विकले कण्डम निशुल्क वितरण गर्ने प्रचलन भए पनि प्याड किन निशुल्क नभएको भन्दैं दःख व्यक्त गर्नु भएको हो । बुधबार संसदमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उहाँले, “म सानो कुरा भन्न चाहन्छु समाभुखज्यू । हामीले हाम्रो शौचालयमा कण्डमलाई फ्री बनाएका छौं तर, महिला महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्राहरु अथवा प्याडलाई फ्री गराउन सक्यौं कि सकेनौं ?”

सांसद विकले संघीय संसदकै महिला शौचालयका पनि प्याडको व्यवस्था नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो संसदको शौचालय महिला शौचालय त्यहाँ प्याडको व्यवस्था छ ? छैन ।” उहाँले अगाडी थप्दैं भन्नुभयो, “हामी महिलाहरु पनि माननीय भएर बसिरहेका छौं । हाम्रो संवेदनशीलता खै र ? म प्रश्न गर्न चाहन्छु ।”

सम्बन्धित खबरहरु