काठमाडौं । यो मौसम नेपालको हिमाली जिल्लाहरुमा हुने यात्राका लागि खत्तरा हुन्छ । लगातारको जाडो पछि हरेक दिन हिउँ पर्ने भएकाले हिउँ पहिरोको सम्भावना बढेर जान्छ । यस्तैं, मनाङमा हिम पहिरोमा पुरिएर एक जना नेपालीको मुत्यु भएको छ । हिम पहिरोमा पुरिएर एक पर्यटक पनि हराइरहेका छन् ।

मनाङको क्याङ्दीमा आएको उक्त हिउ पहिरोमा परी धादिङका अजय ढकालको निधन भएको छ भने नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम बेपत्ता हुनुभएको छ । मनाङको निस्याङ गाउँपालिका १ मा पर्ने क्याङ्दी भिरमा उहाँहरु खस्नु भएको थियो ।

ढकालको शव शुक्रबार साँझ फेला परेको थियो र अहिले बेपत्ता नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुमको खोजी कार्य तिब्र पारिएको मनाङ प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु