बेसींसहर । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा एक अनौठो घटना भयो । जहाँ एक सन्काहा युवाले दर्जनौँ गाँउलेमाथी अन्दाधुन्दा चिर्पट प्रहार गरे । चिर्पट प्रहारबाट दर्जनौँ घाइते भएका छन् ।

मर्स्याङ्दीकै सेग्लेका रामबहादुर विश्वकर्माले गाउँमा भेटेजतिलाई खुर्पा र धारिलो हतियार प्रहर गर्दै हिँडेका हुन् । विकले चिर्पट हान्दा गाउँका ७ जना भन्दा धेरै घाइते भएको स्थानीय नन्दबहादुर भण्डारीले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा बेसीसहर ल्याइएको छ।

विकले चिर्पट हान्दा स्थानीय गोपाल भण्डारी, उनकी पत्नी लक्ष्मी, बुद्धिबहादुर थापा, शिला खड्का, रेखु भण्डारी लगायत घाइते भएको स्थानीयले जानकारी दिएका छन् ।

घटनामा गम्भीर घाइते भएकाहरु गोपाल भण्डारी, उनकी पत्नी लक्ष्मी भण्डारी र बुद्विबहादुर थापालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । अन्यको लमजुङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

चिर्पट हान्‍ने युवालाई स्थानीयबासी, प्रहरी र गाउँपालिकाका पदाधिकारी मिलेर वडा नं। ३ को खुदी तरापुबाट नियन्त्रणमा लिइएको खुदी प्रहरी चौकीका सई अर्जुन केसीले जानकारी दिए ।

सम्बन्धित खबरहरु