काठमाडौं । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा एउटा खबर एकदमैं चर्चामा रहन सफल भएको छ । थाइल्याण्डका एक धनाढ्य व्यक्तिले आफ्नो कुमारी छोरी विवाह गर्ने पुरुषलाई २ लाख ४० हजार पाउण्ड दाइजो दिने घोषणा गरेका छन् । उनकी छोरी बिबाह गर्दा नेपालीमा पाइने भनेको ३ करोड ५७ लाख १४ हजार ३ सय ८१ रुपैयाँ हो ।

आफ्नो २६ वर्षीया अंग्रेजी भाषा बोल्न जान्ने कुमारी छोरी कर्न्सितालाई विवाह गर्ने पुरुषले पैसासहित अधिक सम्पत्ति समेत पाउने ५८ वर्षीय अर्नोन रोडथोङले बताए । रोडथोङ थाइल्यान्डका करोडपति फार्म मालिक हुन् । उनीसँग चुमफोन प्रान्तमा ठूलो फलफुलको फार्म रहेको छ । जहाँबाट उनले करोडौं कमाउँछन् ।

उनले आफ्नो छोरीको विशेषता बारे खुलाएका छन् । उनका अनुसार उनकी कुमारी छोरीले व्यवसायमा राम्रो सहयोग गर्छिन् । उनले भने,‘छोरी अंग्रेजी र चिनियाँ राम्रोसँग बोल्न सक्छिन् । उनी कुमारी छिन् ।’ रोडथोङले आफ्नो हुनेवाला ज्वाँइ जुन देशको भएपनि छोरीलाई खुशी बनाउने खालको हुनपर्ने जनाएका छन् ।

उनले धेरै पढेको अथवा नपढेको जस्तो भएपनि ज्वाँई छोरीलाई खुशी राख्न सक्ने खालको हुनपर्ने बताएका छन् । थाइल्यान्डका केही क्षेत्रमा विवाह गरे वापत् पुरुषले श्रीमतिको परिवारलाई दाइजो दिनुपर्छ । तर धनाढ्य रोडथोङले आफूले आफ्ना हुनेवाला ज्वाँइलाई दाइजो दिने बताएका छन् ।

सम्बन्धित खबरहरु