काठमाडौ । लामो समय देखि नेपालको विकासमा साझेदार बन्दै आएको फ्रान्सले फेरि नेपाललाई सहयोग गर्ने भएको छ । नेपालमा सुरक्षण मुद्रण स्थापना गर्नका लागि फ्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोगसहित प्राविधिक सहयोग पनि गर्ने भएको हो ।

मुद्रण स्थापना र आफ्नै भू–उपग्रह सञ्चालन गर्नका लागि प्राविधिक लगायतको सहयोग उपलब्ध गराउनेबारे मन्त्रीस्तरीय आशयपत्रमा हस्ताक्षर गरिएको छ । फ्रान्सको औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किनुभएका सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इनग्रुपबीच सुरक्षण मुद्रण स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको बताउनुभयो ।

त्यसैगरी भू उपग्रह सञ्चालनबारे नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको थेल्स एलेनिया स्पेसबीच पनि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र भू–उपग्रहसम्बन्धी काम ३० महिनाभित्र सम्पन्न गर्ने समयवधी तोकिएको छ ।

स्पेनको बार्सिलोनामा मोबाइल कंङ्ग्रेस अन्तर्गत भएको मोबाइल सञ्चार कार्यक्रमको लागि विश्वव्यापी प्रणालीको मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुनुका साथै मित्रराष्ट्र फ्रान्सको औपचारिक भ्रमण गरी मन्त्री बाँस्कोटा आज स्वदेश फर्कनुभएको छ ।

सम्बन्धित खबरहरु