काठमाडौं । सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति पछिल्ला दिनहरुमा असन्तुष्टिहरु देखा पर्न थालेका छन् । यो बिचमा सम्झौतालाई लिएर सत्तारुढ दल नेकपा भित्र पनि आलोचना भइरहेको छ । यो बिचमा तराई/मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन् ।

 

सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन् ।

राजपा अध्यक्ष मण्डलको शनिबार बसेको बैठकमा सरकार र राउतबीच भएको सहमतिमा विभिन्न कोणबाट छलफल भयो। बैठकपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘ शुक्रबार सरकार र राजपाबीच भएको सहमतिले सरकारप्रति धेरै प्रश्न खडा गरेको छ। अबका दिनमा राउतका गतिविधि कस्ता हुने छन्, त्यो हेर्न बाँकी नै छ।’ सरकारले नै राउतलाई प्रयोग गर्दै आएको उनको भनाइ थियो ।

उनले भने, ‘राउतलाई देखाएर हामीले रोटी सेक्ने गरका होइनौं । सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ ।’ आगामि दिनमा राउतले कसको हितमा गतिविधि गर्ने हुन यसबारे अहिले नै केही भन्न नसकिने बताउँदै उनले भने, ‘राउतले जनमतसंग्रहमा सरकारले सहमति जनायो भनेका छन तर सरकारले जनमतसंग्रहमा सहमति नभएको बताएको छ । यस विषयमा प्रधानमन्त्रीले स्पष्ट भन्नुपर्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु