सुर्खेत । हालै सिके राउतसँग वार्ता गरेको सरकारले विप्लव माओवादीसँग पनि वार्ता गर्ने जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए । तीनवटै सुरक्षा निकायका प्रमुख र गृहसचिव सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु