आज बिहानै विमान दुर्घटनाग्रस्त, मेयर सहित १४ जनाको मृत्यु ! [नाम सहित]


काठमाडौं । आइतबार बिहानै भएको हवाइजहाज दुर्घटनामा ज्यान गुमाउँनेहरुको संख्या १४ पुगेको छ । कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो । कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सिया नजिकै विमान दुर्घटनाग्रस्त भएको हो । कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले विमानमा सवार सबै १४ जनाको ज्यान गएको जानकारी दिएको छ । ज्यान गुमाउनेमा विमानका मालिक, पाइलट, सह-पाइलट एक मेयर र उनका परिवार पनि रहेका छन् ।

राष्ट्रपति इवान डुके ट्विटर मृतक प्रति श्रदाञ्जली अर्पण गर्नु भएको छ । लासेर एइरेओ एयरलाइन्सको सो विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सियाका लागि उडेको थियो । जहाजको इन्जिन फेल भएका कारण दुर्घटना भएको हुन सक्ने जानकारी दिइएको छ । अमेरिका निर्मित डगलस डीसी ३ विमान दुर्घटनाबारे अधिकारीहरुले अनुसन्धान गरिरहेको हुँदा कसरी दुर्घटना भयो भन्ने सक्ने अवस्था देखिएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
छुट्ला हैं : परीक्षा फारम सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
स्नातक तह तेस्रो बर्षको सबै संकायका परीक्षाको तालिका (रुटीन) प्रकाशित [रुटीनसहित]
शिक्षिकाकी छोरीको परीक्षाका बेला विदेश भ्रमण परेकाले परीक्षा नै सार्ने तयारी
अब शिक्षा प्लस–टुमापनि कानून विषय पढाइ हुने : यस्तो छ ब्यवस्था
स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत