सिके राउतको चमत्कारीक यूर्टन बारे बोल्यो भारत, अब मधेस फरक देश हुने दावा !


काठमाडौ । शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त (सीके) राउतबीचको सम्झौता पछि भारतीय पक्षले आफ्नो तर्क राखेको छ । भारतीय विश्लेषक एसडी मुनिले ‘स्वतन्त्र मधेस’ लाई बल मिलेको बताउँनु भएको छ ।

एसडी मुनि नेपाल जानकारी विज्ञ मात्र हैन उहाँ नेपाल मिसनमा निर्णय कर्ताको एक पाटो भन्ने बुझिन्छ । आइतबार ट्विटमार्फत नेपाल–भारत सम्बन्धका जानकार मुनिले लोकतान्त्रिक व्यवस्थामा ‘स्वतन्त्र मधेस’ नारालाई अझ स्थापित गर्न बल मिलेको उल्लेख गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै ‘स्वतन्त्र मधेस’ लाई स्वीकार गरेको दाबी समेत्त गर्नुभएको छ । नेपालमा सीके राउतले पृथकतावादी आन्दोलन छाडे, मूलधारको राजनीतिमा आए भनेर प्रचार भइरहेका बेला भारत सरकारको थिंक ट्यांक मानिने एसडी मुनिले नै अब ‘स्वतन्त्र मधेस’ को मागलाई बलियो गरेर लैजान बल पुगेको टिप्पणी गर्दा सम्पुर्ण जनतामा त्रास देखिएको छ ।

यता सरकारसँग सहमति गरेको राउत समुहले जनकपुर पुगेर स्वतन्त्र मधेसका पक्षमा नाराबाजी गरेको छ । नेपाली राजनीतिक विश्लेषकहरुका अनुसार सिके राउत सरकारलाई झुक्क्याउन सफल हुनु भएको छ ।

आज संसदमा बोल्दैं गृहमन्त्री राम बहादुर थापाले विखण्डनकारीका अगाडी सरकार नझुक्ने जनाउँनु भएको थियो । राउतको पृथकतावादी गतिविधिमा भारत र पश्चिमा देशको सहयोग रहँदै आएको छ ।

राउतलाई पटक पटक पक्राउ गरे पनि कुनै कारबाही गर्न नसक्नुले उनी को बाट परिचालित रहेछन् भन्ने प्रस्ट हुन्छ । सरकारसँग गरिएको सहमतिमा २ नम्बर बुँदामा जन अभिमत शब्द राखिएको छ जसलाई राउत समहुले जनमत संग्रहको संज्ञा दिएको छ ।

आखिर के छ त उक्त ११ बुँदामा भन्ने जिज्ञासा मेटाउन ११ बुँदे सहमति जस्ताको तस्तै राखेका छौ ।

आज २०७५ फागनु २४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको विशेष उपस्थितिमा राष्ट्रिय सभागृह, काठमाण्डौमा आयोजित विशेष समारोहमानेपाल सरकार र स्वतन्त्र मधेस गठवन्धनका बीचमा देहाय बमोजिमको सहमति भएको छ :

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।

२. हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।

३. लोकतन्त्रमा मतभेदहरु हुन सक्छन् तर तीनिनहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ र त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटैगरिनु पर्दछ भन्ने मान्यतामा दृढछौं ।

४. सामाजिक न्याय, समानता र सद्भाव हाम्रो साझा उद्देश्य हो । हामी तराई–मधेस लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई–मधेस लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं । त्यसैगरी संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्न र तराई–मधेस लगायत समग्र देशमा सुशासन कायम गर्दै समानतार समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौं ।

५. स्वतन्त्र मधेस गठवन्धनका नेता तथा कार्यकर्ताहरु माथि लगाईएको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरु फिर्ता लिईनेछ र हिरासत वा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्शत रिहा गरिनेछ ।

६. स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिनेछैन ।

७. स्वतन्त्र मधेस गठवन्धनका नेता–कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपाल भित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैनर त्यस्ता कृयाकलाप गरेवापत राज्यद्वारा कुनै प्रकारको कारवाही गरिनेछैन ।

८. २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठवन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तीका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ ।

९. स्वतन्त्र मधेस गठवन्धनको आयोजनामा सञ्चालित आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारको जिम्मा सरकारले लिनेछ ।

१०. स्वतन्त्र मधेस गठवन्धनका नेता तथा कार्यकर्ताहरुमा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराई–मधेसलगायत समग्र देशका जनतारराष्ट्रको शान्तिपूर्ण एवं लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाईका साथ सदुपयोग गर्न र सरकारको तर्फबाट स्वतन्त्र मधेस गठवन्धनप्रतिलोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएका छौं ।

११. यो सहमति आजैका मितिबाट लागु हुनेछ ।
नेपाल सरकारको प्रतिनिधि : माननीय रामबहादुर थापा गृहमन्त्री संयोजक, स्वतन्त्र मधेस गठवन्धनको प्रतिनिधि : चन्द्रकान्त (सि. के) राउत
२०७५ फागुन २४ २०७५ फागुन २४

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तह तेस्रो, छैटौ र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
एलएलबी दोश्रो वर्षको परीक्षाको नतिजा आउँदै
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका (रुटीन) प्रकाशित
शिक्षा ऐनको यो व्यवस्था अनुसार अस्थायी शिक्षकहरुलाई एकैपटक विदा गरिने
स्नातक तह दोस्रो बर्ष तेस्रो सेमेस्टर र प्रथम बर्ष, प्रथम सेमेस्टरको परीक्षा तालिका प्रकाशित
हाम्रो सरकार

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर


भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]