काठमाडौ । बच्चाहरुको अश्लील भिडियो डाउनलोड गरेको भन्दै एक जना पक्राउ परेका छन् । भारतको दिल्लीबाट अमेरिकाको सन फ्रन्सिस्को गएको एयर इण्डियाको जहाजका पाइलटलाई जहाज ल्याण्ड गर्नासाथ यात्रुकै अगाडि विमानस्थलबाटै पक्राउ गरेको छ ।

अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेशन (एफबीआइ) का अधिकारीहरुले विमानस्थलबाटै ती पाइलटलाई पक्राउ गरेका हुन् । ती पाइलटले इन्टरनेटबाट बालबालिकाको अश्लील भिडियो (चाइल्ड पोर्न कन्टेन्ट) डाउनलोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ ।

अमेरिका पुग्नासाथ एफबीआइका अधिकारीहरुले पाइलटलाई जबरजस्ती विमानबाट ओरालेर हथकडी लगाए । एफबीआइले ती पाइलटको पासपोर्ट जफत गरेको छ र उनको भिसा पनि रद्द गरेको छ ।

अमेरिकामा चाइल्ड पोर्नोग्राफीलाई गम्भीर अपराध मानिन्छ । अमेरिकामा बालबालिकासँग यौनजन्य क्रियाकलाप गरेको त अपराध हो नै भिडियो हेर्दा पनि जेल सजाय हुन सक्छ । एजेन्सी Original News Source

सम्बन्धित खबरहरु