काठमाडौं । शिल्पा पाखरेल पछिल्ला दिनहरुमा नेपालमा सर्वाधिक चर्चामा रहेको नाम हो । उनी नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको स्थानमा आइपुगेको ब्याख्या हुने गर्दछ । उनले गीतहरुमा अभिनय गर्दै चलचित्रसम्म आउँदा थुप्रै सफल चलचित्रहरु दिन सफल भएकी छिन् । यो बिचमा शिल्पा र चलचित्र निर्माता छवीराज ओझाको सम्बन्धलाई लिएर पनि चर्चा हुने गर्दछ ।

नायिका रोखा थापासँगको सम्बन्ध विच्छेद पश्चात ओझा गएको पाँच वर्ष देखि पोखरेलसँग छन् । यो बिचमा उनले नयाँ खुलासा गरेका छन् । उनले एक कार्यक्रमलाई अन्तर्वार्ता दिँदै शिल्पासँग बिवाह भइसकेको बताएका हुन् । बिहे गरेको फोटो सार्वजनिक गर्न भने डराएको उनको भनाई छ । उनले भनेका छन्, ‘छविराजसँग शिल्पाको बिवाह भएको फोटो सार्वजनिक गर्दा धेरैले मलाई कत्ति बिहे गर्दो रहेछ भनेर आरोप लगाउन सक्छन् ।’

यही डरका कारण सार्वजनिक नगरेको उनको दावी छ । अन्तर्वार्तामा बोल्दै उनले भनेका छन्, ‘शिल्पासँग मेरो ५ वर्ष अगाडि फिल्म ‘लज्जा’ को बेला भेट भएको हो । त्यसबेलादेखि हामी सँगसँगै छौँ । आफुले बिहेको पार्टी नदिने तर, शिल्पाले दिन चाहेमा भने मलाई कुनै समस्या हुने छैन ।’

सम्बन्धित खबरहरु