काठमाडौं । हामी नेपालीहरु अधिकांशमा भात खाने प्रचलन हुन्छ । विशेष गरेर नेपालको शहरी क्षेत्रमा भात खाने प्रचलन रहेको छ । गाउँमा भात भन्दा पनि रोटी सहज हुन्छ तर शहरी क्षेत्रमा यो अलिक अफट्यारो प्रक्रिया छ । दैनिक भात खाएन भने शरीरमा के नपुगेको जस्तो महसुश हुन्छ । पछिल्लो समय बजारमा सेता पोलिस गरिएका चामलहरु पाइन थालिएको छ । यस्तो चामल निकै आकर्षक खालको हुने भएको कारणले मानिसहरु यस्तो चामललाई प्रति आकिर्षत भई यस्तै चामल खान्छन् ।

दाल, भात, तरकारी र अचार मानिसको स्वास्थ्यको लागी उत्कृष्ट मानिए पनि सेतो चामल चाहि विष हुने कुरा चिकित्सकले बताउँदै आएका छन् । हामीले हरेक दिन खादैं आएको सेतो चामल स्वास्थ्यको लागी उपयुक्त छ वा छैन् भन्ने बारेमा अर्थो न्युरो हेल्थ केयर लगनखेलका प्राकतिक तथा क्रोनिक ब्याक एक्सपटले भात अमृत भएपनि सेतो भात भने विष बराबर हुने कुरा बताएका छन् ।

भात सेतो नभई ब्राउन हुने भएकाले उनले सेता चामल स्वास्थ्यको लागी निकै हानिकारक हुने कुरा बताउँदै चामल त्यत्तिकै सेतो नहुने र हामीले खादैं आएका चामल सेतो भएपछि पौष्टिक तत्व फालिने भएकाले शरीरलाई हानी गर्ने बताए । उनका अनुसार चामल धान केलाएर हेर्दा जहिल्यै पनि ब्राउन र यहि चामलमा मात्र पोषक तत्व पाइने कुरा बताए ।

धान कुटेर चामल निकाल्दा बाहिरी पत्रलाई ढुटो र ब्रानको साथमा फालिने गरिन्छ, तर हामीले मिल्काउने ब्रान वा ढुटोबाट भिटामिन र महंगो तेल बन्ने गर्दछ, यस्ता ब्रान र ढुटो बन्ने तत्व चाहि मानिसको लागी महत्वपूर्ण हुन्छ । हामीले ब्रान र ढुटो मिल्काएको सेतो चामलमा एक कार्बोहाइडेट मात्र पाइन्छ । ब्राउन राइस एक सुपर फुड भएकाले यसमा मानवलाई चाहिने अत्यावश्यक तत्वहरु पाइन्छ ।

जस्तै उच्चस्तरको प्रोटिन, आवश्यक फ्याटी एसिड, भिटामिन बी कम्प्लेक्स, एन्टी अक्सिडेन्ट, क्याल्सियम, आइरन मिनरल्स आदि । यसलाई उसिना ब्राउन राइस बनाएर खाएमा ग्लाइसेमिक इण्डेक्समा सुधार आउँछ । यस्तो चामललाई मधुमेहको रोगीले खान सक्नेछन् । पोलिस लगाएको सेतो चामलमा सिम्पल कार्बोहाइडे«ट मात्र पाइन्छ ।

यस्तो चामलले मोटोपना, इन्सुलिन सुगर रोग बढाउने काम गर्दछ । त्यस्तै विज्ञानले सेतो चामल वा पोलिस गरिएको चामल खानाले रक्तनलिको रोगको साथमा क्यान्सरको जोखिम बढाउने कुरा प्रमाणित गरेको छ । पार्किन्सन्स अल्जाइमर र नशाका रोगहरु पनि सिम्पल सुगरकै कारण बढ्ने गर्दछ ।

बजारमा पोलिस गरिएको चामल मात्र पाइने कारण कहाँबाट ल्याउने ब्राउन चामल भन्ने चुनौतीको कुरा पनि हो । तर एउटा उखानै छ जहाँ इच्छा त्यहा उपाय । चामल किन्नुको सट्टा धान किनेर मिलमा लगेर चामल बनाउने हो भने स्वास्थ्यमा खराबी सिर्जना हुदैन् । अहिले धान कुटाउने चाइनिज डबल मेसिन बजारमा पाइन्छ ।

यसकारणले पनि बाहिरको ब्राउन भाग वा पोषकतत्व नष्ट हुने गर्दछ । ढिकीमा कुटेको धान भने ब्राउन राइस बन्न सक्दछ । यसलाई ब्राउन राइसको साथमा उसिना ब्राउन राइस पनि बनाउन सकिन्छ । चामल पोलिस गर्ने विषयमा अन्तर्राष्ट्रिय मापदण्ड भएपनि हामीले मापदण्डलाई मिचेर चामल पोलिस गरिरहेका छौं ।

यसो गर्नुको मेन कारण भनको लामो समय सम्म चामल नबग्रीयोस् भन्ने पनि हो । तर यस्तो चामलमा स्लो पोइजन पाइने हुदाँ । सिम्पल सगुरलाई पचाउनको लागी क्याल्सियम पनि हुदैन् । यसो हुनाले हड्डीहरु कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमतामा कमी ल्याउने, रोगको जोखिम बढाई रगतमा सुगरको मात्रा चिनीलेझै बढाउने काम गर्दछ । विभिन्न सञ्चारमाध्यमको सहयोगमा

सम्बन्धित खबरहरु