यो दर्दनाक अवस्थालाई सेयर गरेर सहयोगी मनसम्म पुर्याउनुहोला । जसको सहयोगबाट कसैको ज्यान बाँचोस् ।

मानिसको जीवनमा कुनबेला कस्तो विपत्ति आइपर्छ त्यो भन्न सकिदैंन् । जे कुरा हुँदैन भन्यो कहिलेकाँही त्यो भइदिन्छ ।

यस्तैं जाजरकोटमा एउटा दुःखद घटना भएको छ । पहिले देखि नैं शारिरिक रूपमा असक्त एक महिलामाथि ठुलो पिडा थपिएको छ ।

उहाँको चिया पकाउन लाग्दा आगोमा परेर गम्भिर घाइते हुनु भएको छ । उहाँले उक्त दुर्घटनामा परेर एउटा आँखा र कान गुमाउन भएको छ ।

अनुहार पनि उस्तै जलेको छ, उहाँलाई देख्नेहरु भन्छन् भगवान तिमीले यो के गर्यौं । आर्थिक रुपमा अति विपन्न कार्किगाँउ निवासी हिरा बस्नेतमाथि यस्तो विपत आइलागेको हो । उहाँको घरको आर्थिक अवस्था कमजोर भएको हुनाले उहाँले शारिरिक रुपमा अशक्त हुँदा पनि पेट पाल्नको लागि मेहनत गर्नुपर्ने अवस्था रहेको थियो । पहिले देखि नैं समस्यामा रहनु भएकी उहाँलाई अहिले परेको यो बज्रपातले झनैं समस्यामा पारेको छ ।

अहिले उहाँको परिवारले उपचारका लागि सबैंसँग सहयोगको अपिल गरेको छ । अहिले जाजरकोट बासी तथा देश बिदेशमा रहनु हुने सबै सहयोगि मनहरुलाइ सहयोगका लागी अनुरोध गरिएको छ । यदी तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने निजका भतिज नाता पर्ने शन्त ब बस्नेतलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

शन्त बहादुसँग कुरा गर्नको लागि उहाँको सम्पर्क नम्बर ९७४८०१४५०० मा फोन गरेर जानकारी लिन सक्नुहुन्छ ।

 

सम्बन्धित खबरहरु