अब यी मन्त्री फेर्न, तल्ला संगठनलाई यसरी एकता गर्ने ओली–प्रचण्डबीच प्याकेजमै सहमति


काठमाडौ । लामो समय देखि सरकारमा भएका मन्त्रीहरु हेरफेर गर्ने चर्चा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गर्नुभएको बुझिएको छ ।

सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गर्नुभएको हो । यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेको बुझिएको छ ।

मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहनुभएका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिनुभयो । लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ ।

गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिनुभएको थियो । पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको छ । आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तह तेस्रो, छैटौ र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
एलएलबी दोश्रो वर्षको परीक्षाको नतिजा आउँदै
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका (रुटीन) प्रकाशित
शिक्षा ऐनको यो व्यवस्था अनुसार अस्थायी शिक्षकहरुलाई एकैपटक विदा गरिने
स्नातक तह दोस्रो बर्ष तेस्रो सेमेस्टर र प्रथम बर्ष, प्रथम सेमेस्टरको परीक्षा तालिका प्रकाशित
हाम्रो सरकार

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर


भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]