काठमाडौ । पछिल्ला दिनहरुमा सरकारले दिएका केही कदमहरुले गर्दा जनतामा त्रास देखिएको छ । स्वतन्त्र मधेशको मुद्धा उठाउँदैं आएका डा. सिके राउतलाई शान्ति वार्तामा ल्याएको सरकारले विप्लव माओवादीलाई भने ल्याउन सकेको छैन ।

विप्लवमाथि नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । विशेष स्रोतका अनुसार विप्लवमा नाम चलेका नेताहरु भुमिगत भइसकेका छन् । विगतको दश वर्षे जनयुद्धको राम्रो अनुभव भएका विप्लवले फेरि देशमा अशान्तिको वातावरण सिर्जना गर्छन कि भन्ने डर सबैंको मनमा रहेको छ ।

यो बिचमा चर्चित नायिका रेखा थापाले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध जायज नभएको बताउनु भएको छ । उहाँले सरकारी घोषणा पश्चात फेसबुकमा एक स्टाटस लेखेर सरकारले नेकपा विप्लवलाई जबर्जस्ती युद्धमा धकेलेको आरोप लगाउँनु भएको हो ।

यस्तो छ उहाँको फेसबुक स्टाटस, ‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ! देशभक्त ‘विप्लव’माथी प्रतिवन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’

सम्बन्धित खबरहरु