काठमाडौ । सरकारले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाउने घोषणा गरेसँगै नेकपाले त्यसको भण्डाफोर गर्ने चेतावनी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्व नेकपा आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले लगाएको प्रतिबन्धबारे प्रारम्भिक प्रतिक्रिया दिँदै विप्लव नेकपाले सरकारी निर्णयको प्रतिवाद गर्ने चेतावनी दिएको हो । सरकारको संविधानको मर्मविपरीत निर्णय गरेको बताउँदै पोलिटब्युरो सदस्य मोहनबहादुर कार्कीले कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

सरकारले मुडभेड निम्त्याएको भन्दै सदस्य कार्कीले आफूहरु मुडभेडका लागि तयार रहेको बताउनुभएको खबर जनता समाचार अनलाईन र जनता टीभिमा प्रकाशित प्रशारित छ ।

सम्बन्धित खबरहरु