काठमाडौ । काठमाडौ क्षेत्र नम्बर ४ का सांसद एवं पूर्वमन्त्री गगन थापाले आफुसँग काम गर्न चाहानेहरुका लागि आवेदन खुलाउनुभएको छ । नेपाली कांग्रेस चर्चित युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्न इच्छुकबाट आवेदन माग गर्नुभएको हो ।

सांसदको कार्यालयमा बसेर अध्ययन, अनुसन्धान र नीतिगत क्षेत्रमा काम गर्न चाहनेहरूले प्रशिक्षार्थी (इन्टर्न) बन्न आवेदन दिन सक्ने सांसद थापाले खुलाउनुभएको छ । थापाले खोलेको सांसद कार्यालयमार्फत् विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुँदै आएको छ। यी क्षेत्रमा चार जनाले मिलेर काम गरिरहनुभएको छ ।

उहाँहरूको काममा मद्दत पुर्याउन आवेदन मागिएको थापाले जानकारी दिनुभएको छ । उक्त जानकारी उहाँले आफ्नो ववसाइटमा नै राख्नुभएको छ ।

पुरा जानकारीको लागि यहाँ क्लिक गर्नुस

आवेदन भर्न तल क्लिक गर्नुस

सम्बन्धित खबरहरु