काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा भारतीय दादागिरी लगातार बढ्दैं गइरहेको छ । नेपालमा दुई तिहाइको सरकार भएको भएपनि सीमा क्षेत्रमा हुने अतिक्रमण रोक्नको लागि कुनै ठोस पहल भएको देखिएको छैंन । लामो समय देखि भारतले कब्जा गरेको नेपाली भुभाग फिर्ता माग्दैं आएको ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले यो विषयलाई अन्तराष्ट्रिय रुपमा लैजानु भएको छ ।

उहाँले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहनु भएका नेपालले परिषदको ४० औं सत्रमा सो माग दर्ज गराउँनु भएको हो । यस्तो उहाँको वक्तव्यको पुर्ण पाठ,

‘भारत १९४७ देखि मानवाधिकार, मानवता र स्वतन्त्रताको मुल सिद्धान्तको उल्लंघन गर्दै आइरहेको छ । यति मात्रै होईन नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दवफ १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ । त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।

आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको छ । ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् । आफ्नो भूमिमा विदेशी सेनाको उपस्थिति कुनै पनि देशको सार्वभौमिकताका लागि ठट्टा हो । म राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिररुपमा लिइदिन अनुरोध गर्छु । आशा छ कि भारतको क्षेत्रीय रणनीति विस्तार रोक्नको लागि नेपाललाई समर्थन र प्राथमिकता दिइनेछ ।’  -फणीन्द्र नेपाल, अध्यक्ष, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, २०१९ मार्च १३, युएन हल जेनेभा

India has been violating the basic nerms of human rights, humanity and independence since 1947. Not only that India also has been footing against the UN declarations of decolonization . As clause 1 and 8 of the Nepal-India Peace and Friendship Treaty nullifies the Sugauli Treaty , all the territory about 60000 sq km has to be returned by colonial India to Nepal .

Greater Nepal Nationalist Front always has been raising the voice against Indian illegal occupation of Nepali lands. Not only this , India is consistently encroaching upon Nepal´s lands by removing border pillars deliberately . India has encroached more than 1300 sq km lands of present days Nepal till the date .

A large number of Indian Paramilitary Force has been occupying about 400 sq km in Kalapani area since 1962. Foreign army´s presence in an independent country is a joke to her sovereignty . I request the UNHRC, it is most necessary to take serious note of Nepalese concerns. It is hoped that concrete support and priority will be given to Nepal , to stop India´s expansion of territorial designs . -Phanindra Nepal, chairman ,  Greater Nepal Nationalist Front, 2019 March 13, UN Hall,Geneva

सम्बन्धित खबरहरु