विषाक्त रसायन नदीमा फाल्दा एकैपटक हजारौं बिरामी !


काठमाडौं । मलेसियामा ४० टन भन्दा बढी फोहोर नदीमा फालेपछि यसबाट फैलिएको प्रदुशित हावाका कारण कैयौँ बालबालिकासहित झण्डै दुई हजार व्यक्ति विरामी भएका छन् ।

स्थानीय अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार नदीको पानीमा मिसाइएको विषाक्त रसायनबाट निस्केको ग्यास वातावरणमा फैलिँदा मलेसियाको दक्षिणी जोहोर राज्यमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरू विरामी परेका हुन् । हावामा विषाक्त ग्यास फैलिएका कारण बालबालिका तथा वृद्धवृद्धामा यसको प्रभाव बढी परेको बताइएको छ ।

घटनापछि जोहोर राज्यमा रहेका झण्डै दुई सय विद्यालय तथा पुर्व प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । गत हप्ता फालिएको विषाक्त पदार्थले असर गर्नसक्ने देखिएपछि ती शैक्षिक संस्थाहरु बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

विषाक्त पदार्थले असर गरेका व्यक्तिहरुलाई अरुची हुने, टाउको दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको छ । विरामी भएका मध्ये केहीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

विषाक्त पदार्थका कारण कुल दुई हजार ३५५ जना विरामी भएकोमा ११३ जना अझै पनि उपचारका लागि अस्पतालमै रहेको उनीहरुको भनाई छ । अहिलेसम्म मृत्यु भने कसैको पनि नभएको पनि अधिकारीहरुले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री महाथिर मोहम्मदले बिहिबार नै विरामीहरुलाई उपचार गराइएको ठाउँमा पुगेर भेट्नुका साथै अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

उहाँले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्राथमिकता र गम्भीरतापुर्वक ती विरामीहरुले उपचार गर्न आग्रह गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराईने आश्वासन पनि दिनुभयो ।

विरामी र स्वास्थ्यकर्मीहरुलाई भेटेपछि प्रधानमन्त्रीले भन्नुभएको छ, “उनीहरुले आफ्नो काम राम्रोसँग गरेका छन्, तैपनि केही विरामीहरुको अवस्था गम्भीर नै रहेको पाइयो ।”

औद्योगिक सहर पासिर गुडाङको नदीमा भएको यो समस्या अन्यत्र फैलिन र थप अरुलाई असर पर्न नदिन तत्काल समाधान गर्ने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा दोषी भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरु दोषी ठहरिएमा वातावरण संरक्षण सम्वन्धी ऐन अनुसार पाँच बर्ष सम्म जेल सजाय हुन सक्ने बताइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तह तेस्रो, छैटौ र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
एलएलबी दोश्रो वर्षको परीक्षाको नतिजा आउँदै
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका (रुटीन) प्रकाशित
शिक्षा ऐनको यो व्यवस्था अनुसार अस्थायी शिक्षकहरुलाई एकैपटक विदा गरिने
स्नातक तह दोस्रो बर्ष तेस्रो सेमेस्टर र प्रथम बर्ष, प्रथम सेमेस्टरको परीक्षा तालिका प्रकाशित
हाम्रो सरकार

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर


भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]