जर्सा’बले दिउँसै माताजीसँग यस्तो चर्तिकला देखाएपछि…


काठमाडौ । प्रधान सेनापतिले आचरणयुक्त र क्षमतावान सेनाको अवधारणा सुनाएर मात्रै के गर्नु, जर्साबले दिनदहाडै माताजीसँग चर्तिकला देखाएपछि । पूर्वी पृतना हेड क्वार्टर, इटहरीका दुईतारे प्रमुख समीर शाहीले एक जना माताजीलाई पछि लगाएर मर्निङवाक गर्दै रमिता देखाएपछि सेनापति पूर्णचन्द्र थापा धेरैचोटी जंगिसके । तर, उनी अझै ‘लाइनमा’ आएनन् ।

माताजी, अर्थात् झारफुक गर्ने, ग्रहदशा हेर्ने हैन, बरु सैनिक संगठनकै ग्रहदशा बिगारिदिने हुन् तिनी । ३५–३६ वर्षकी ती महिलासँग जर्नेलले विशेष सम्बन्ध राखेको भनेर पटक–पटक जंगी अड्डा र शशीभवनमा खबर पुगिसक्यो । तर, बानी जस्ताको तस्तै । हेर्दा राम्री, हिस्सी परेकी छन् ।

यदि रिक्त एउटा तीनतारे जर्नेलमा बढुवा पाएनन् भने समीर असारमा घर जान्छन् । प्रभुराम शर्मा र गौरव तण्डुलसँगै उनी पनि तीन तारेका उम्मेद्वार हुन् । यदि तीनतारे पाएनन् भने पनि हेमन्त कुँवर रिटायर्ड भएको सात दिनसम्म जागिर खान्छन् । यसचोटी जसले तीन तारे जर्नेलको फुली लगाउँछ, उसलाई भावी प्रधानसेनापतिका रुपमा हेरिन्छ ।

प्रभुराम र गौरव त्यसका प्रतिष्पर्धी हुन् । प्रभुराम बानी, व्यवहारले पनि शुद्द ब्राह्मण । गौरव काठमाडौं, बागबजारकै नेवारी समुदायका । उनले संयुक्त राष्ट्रसंघीय मिशनमा जाने प्रयास गरेका थिए । तर, नेपाली सेनाको तर्फबाट पर्याप्त लबिङ हुन नसक्दा अवसर गुमाए ।

६ वटा भाषा फरर बोल्छन् । उता, खाद्य परिवहनका अजित थापाले सिपाहीलाई खाजा नखुवाएर मुरै–अचारमा टारेको भनी जंगी अड्डामा झोसपोल लगाइएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तह तेस्रो, छैटौ र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
एलएलबी दोश्रो वर्षको परीक्षाको नतिजा आउँदै
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका (रुटीन) प्रकाशित
शिक्षा ऐनको यो व्यवस्था अनुसार अस्थायी शिक्षकहरुलाई एकैपटक विदा गरिने
स्नातक तह दोस्रो बर्ष तेस्रो सेमेस्टर र प्रथम बर्ष, प्रथम सेमेस्टरको परीक्षा तालिका प्रकाशित
हाम्रो सरकार

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर


भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]