काठमाडौं । पछिल्ला केही वर्षहरुमा विदेश गएकी नेपाली महिलाहरुमा अवैंध सन्तानको भारी थपिने गरेको छ । पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी रीमा (नाम परिर्वतन)को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्न थाल्छ । उनलाई घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कति बेला गल्ती गरेको जस्तो पनि लाग्छ ।

वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० कक्षासम्म अध्ययन गरेकी उनको चाहना सकेसम्म स्वदेशमै केही गरौँ भन्ने थियो । स्वदेशमा बस्दा चाहाना पूरा हुन नसकेपछि ६ वर्षअघि वैदेशिक रोजगार उनको साहारा बनेको थियो । त्यही वैदेशिक रोजगार अहिले उनको लागि ‘ताँवाको माछो भुङ्ग्रोमा…’ परे जस्तै भएको छ । त्यो पनि दुई वर्षलाई होइन, जिन्दगीभरिलाई झेल्नुपर्ने भएको छ ।

आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश गएकी २७ वर्षीय रीमाको वैदेशिक रोजगारीको आर्थिक अवस्था सुधार गर्नुको साटो साहुले जवरजस्ती करणी गरी जन्मेको सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या थपिएको छ । यस्ता समस्या भोग्ने नेपाली महिलाहरुको संख्या हरेक दिन बढ्दैं जान थालेको छ । नेपालमा भएको बेरोजगारिक र गरिबीले नेपालीहरु विदेश जान बाध्य भएका छन् ।

सम्बन्धित खबरहरु