सुर्खेत । आज दिउँसो गुडिरहेको यात्रुबहाक बसमा आगो लागेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार विद्युतको तार सर्ट हुँदा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बा४ख ८७८ नम्बरको बसमा कर्णाली राजमार्गको हुड्के खण्डमा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको जानकारी दिनु भएको छ । यात्रुहरु समयमै झर्न सकेकाले मानवीय क्षति नभएको भए पनि बसमा भने पुर्ण क्षति पुगेको देखिएको छ । सडकमा अव्यवस्थित रुपमा राखिएका बिजुलीका तारले समयसमयमा यस्ता समस्या ल्याउने गर्दछन् ।

सम्बन्धित खबरहरु