काठमाडौं । भारतमा लोकसभा निर्वाचन नजिक आउँदैं गर्दा कलाकारहरुमा राजनीतिक मोह बढ्दैं गएको देखिएको छ । यो बिचमा अहिले निर्वाचनमा लड्ने अभिनेताहरुमा संजय दत्तको पनि नाम अगाडी आएको छ । एक वेबसाइटका अनुसार उनी एसपी-बीएसपीको गठबंधनको तर्फबाट उत्तरप्रदेशको गाजियाबादबाट चुनाव लड्न सक्छन् ।

तपाईलाई जानकारी गराउँ उनको परिवार पुर्ण रुपमा राजनीतिक नैं हो । उनका पिता सुनील दत्त, आमा नरगिस र बहिनी प्रिया दत्त पनि राजनीतिमा नैं भएको भारतीय सञ्चारमाध्यमहरुको दावा रहेको छ । यदी अब संजय दत्त मैदानमा आए भने उनको परिवारमा उनी चौंथो सदस्य हुनेछन, जसले निर्वाचन लड्यो ।

संजय सन २००९ मा समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उत्तर प्रदेशमा राजनीतिक रुपमा समाजवादीलाई बलियो रुपमा हेर्ने गरिएको छ । यसरी उत्तर प्रदेशबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई हराउँन यो रणनीति तयार भएको हुन सक्ने जानकारहरु बताउँछन् । उनलाई पार्टीमा महासचिवको पद दिइएको थियो ।

विशेष स्रोतका अनुसार उनलाई लखनउबाट उठाउँने तयारी भइरहेको थियो । अर्को कुरा, उनलाई मुम्बईमा भएको आतंककारी हमलामा संलग्न भएको भन्दैं अदालतले जेल सजाय समेत्त सुनाएको थियो । अहिले उनले अदालतद्धारा तोकिएको सजाय पुरा गरिसकेका छन् । एजेन्सी

सम्बन्धित खबरहरु