काठमाडौ । पछिल्लो समय लगातार बढ्दैं गएको सीमा विवादलाई लिएर भारतीय सेनाले फेरि मुख खालेको छ । भारतीय थल सेना प्रमुख बिपिन रावतलका अनुसार सेना जनताको स्वार्थका लागि नभई राजनीतिक रुपमा काम गर्ने गर्दछ ।

उहाँका अनुसार देशमा भइरहेको राजनीतिक परिवर्तनका आधारमा सेना के गर्ने के नगर्ने भन्ने निर्णयमा पुग्ने गर्दछ । उहाँको यो बयान भारतमा लोकसभा निर्वाचनको मिति तय भइसकेपछि आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुलवामा भएको आतंकवादी आक्रमण पछि त्यसमा टेकेर राजनीति गरेको आरोप लाग्दैं गर्दा सेना प्रमुखको यस्तो बयान बाहिर आएको हो ।

जनरल रावतले लखनऊमा आसियान र आसियान प्लस देशको फ़ील्ड मेडिकल एक्सरसाइज मेडेक्स २०१९ को समापन समारोहमा यस्तो जानकारी दिनु भएको हो । उहाँले भन्नुभयो, “सेना हरेक परस्थितीसँग जुध्न तयार छ ।

एउटा के कुरा बुझ्न आवश्यक के छ भने सेना जनताको भावनाको आधारमा काम गर्दैन । सेना राजनीतिक निर्णयका आधारमा काम गर्ने गर्दछ ।” उहाँले राजनीतिक दलहरुका विचमा छलफल भएर निष्कर्ष आए पछि मात्रै सेनाले त्यसै अनुरुप काम गर्ने उहाँको दाबी रहेको छ । बीबीसी

सम्बन्धित खबरहरु